काठमाडौं । एक पटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने गारो इलेक्ट्रीक स्कुटरमा १ लाख किलोमिटर वारेन्टि दिने कम्पनीले घोषणा गरेको छ ।
नेपालमा क्रसफायर तथा इटालीका मोटरसाइकल बिक्री गर्दै आएको कम्पनी क्लासीक ह्वील इम्पोर्ट एण्ड एक्स्र्पोट प्रालिले ग्यारो ब्रान्डको डीटी ६० स्कुटरमा १ लाख किलोमिटर वा ५ वर्षको वारेन्टी घोषणा गरेको हो ।
कम्पनीले केही दिन अघि गारो डीटी ६० स्कुटर सार्वजनिक गरेको थियो भने कम्पनीले फाइनान्स सुविधा समेत उपलब्ध गराउने भएको छ ।
कम्पनीले दावी गरे अनुसार उक्त स्कुटरले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिन्छ । ग्यारो डीटी ६० मा ४८ भोल्ट १८० एम्पीयर आवर (८.४६ किलोवाट अवार)को लिथियम आयोन ब्याट्री उपलब्ध छ ।
यो स्कुटरमा तीन राइड मोड उपलब्ध छ जसमा इको मोडमा ३५० किलोमिटर, ड्राइभिङ मोडलमा २८० किलोमिटर र स्पोर्टस् मोडमा २०० किलोमिटरसम्म रेन्ज उपलब्ध हुने कम्पनीको दावी छ ।
यो स्कुटरमा ४ हजार वाटको पीक पावर क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड ६८ किलोमिटर प्रतिघन्टाको छ ।
कम्पनीले ३ लाख ६५ हजार रुपौयाँ तोकेर बिक्री गर्दै आएको छ ।

