काठमाडौं । टीभीएस मोटरसाइकलमा ‘मनसुन एक्स्चेन्ज अफर’ योजना सार्वजनिक गरेको छ ।
टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यहि जेठ २३ देखि २८ गतेसम्मका लागि ‘मनसुन एक्सचेन्ज अफर’ स्कीम ल्याएको हो ।
यस स्कीम अन्तर्गत ग्राहकले आफुसँग भएको जुनसुकै पुराना मोटरसाइकल तथा स्कुटरँंग टीभीएसको मोटरसाइकल र स्कुटर एक्स्चेन्ज गर्न सक्नेछन् ।
यससँगै ग्राहकले अनम्याचेवल निस्चित मूल्य बराबरको नगद रुपैयाँ छुट र एक्स्चेन्जमा आफ्नो पुरानो साधनमा ‘अनम्याचेवल’ थप मुल्याङकन समेत पाउने छन् ।
त्यस्तै, कम्पनीले एक्सचेन्जमा मोटरसाइकल र स्कुटर खरिद गर्न आएका ग्राहकहरुलाई फ्री एशोसरिजमा हेल्मेट, मोटरसाइकल कभर र ब्याग निशुल्क उपलब्ध गराउने बताएको छ ।
सहज फाइनान्सका लागि टीभीएसको जुनसुकै मोटरसाइकल र स्कुटरको एक्स्चेन्ज वा खरिदमा ३ हजार ९९९ रुपैयाँ सुरुवाती मूल्यदेखि इएमआई तिरेर मोटरसाइकल किन्न सकिने छ ।
यो अफर टीभीएसको कम्पनीको केही आधिकारिक शोरुमहरुमा लागू हुने जनाएको छ ।

