एबीएससहित आउँदै यामाहा एफजेड, भारतमा यही महिना सार्वजनिक हुने

यामाहाले आफ्नो नयाँ मोटरसाइकल ‘एफजेड–एफआई’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यही डिसेम्बर महिनामा यो मोडललाई भारतीय बजारमा ल्याउने अनुमान गरिएको छ । 

यामाहाको एफजेड–एफआई मोटरसाइकलमा नयाँ फ्यूल–ट्याङ्क दिइएको छ भने बेल्ली–प्यान, सिट र नयाँ डिजाइन दिइएको तस्विरहरु सार्वजनिक भएका छन् । अहिले भारतीय बजारमा यो बाइकको टेष्टिङ्ग चलिरहेको फोटोहरु बाहिर आएका छन् । 

एफजेड–एफआई मोटरसाइकलमा नयाँ अलोए–ह्वील दिइएको छ, जसको फ्रन्ट टायर १००/८०–१७ इन्च रहेको छ भने रियर टायर १४०/६०–१७ इन्च रहेको छ । यसकासाथै, यस मोटरसाइकलमा एलईडी हेडल्याम्प, ह्यान्डलबार पोजिशनलगायतका फिचरहरू समावेश गरिएको छ । 

बाइकमा डिजिटल इन्ट्रुमेन्ट कन्सोल तथा सिल्भर फिनिस गार्ड पनि उपलब्ध छ । यसमा दिइएको १४९.१ सीसी, फ्यूल इन्जेक्टेड इन्जिनले १३.१ पीएस पावर र १२.८ एनएम–टर्क प्रदान गर्छ । यसमा फाइभ–स्पीड गियरबक्स दिइएको छ । 

एफजेड–एफआई मोटरसाइकलमा दुवैतिर डिस्क–ब्रेक दिइएको छ भने, यसको मुख्य आर्कषण एबीएससहित आउनु हो । नयाँ जेनेरेशनको यो मोटरसाइकलले बजारमा सुजुकी–जिक्सर, होन्डा सीबी हर्नेट–१६० आर, बजाज पल्सर–१६० एनएसलगायतसँग प्रतिस्पर्धा गर्नेछ । 


Back_to_top