सार्वजनिक भयो नयाँ किया शोल, सिंगल चार्जमा ४८४ किमी माइलेज

कियाले आफ्नो थर्ड जेनेरेशनको इलेक्ट्रीक गाडी शोल सार्वजनिक गरेको छ । लस एन्जलस मोटर शोमा कम्पनीले सोलको तेस्रो जेनेरेशन सार्वजनिक गरेको हो । 

नयाँ किया शोल इलेक्ट्रीक गाडीको फ्रन्ट डिजाइन अन्य कारको भन्दा धेरैनै फरक रहेको छ । यसमा नयाँ ग्रिललेस थेम राखिएको छ भने, फुल एलइडी हेडल्याम्प र फ्रन्ट क्रस एलइडी लाइट दिइएको छ । यसलाई सन् २०२०को सुरुवातसँगै बजारमा बिक्री वितरण सुरु गर्ने कम्पनीको योजना रहेको छ । 

बोक्सी शेप इलेक्ट्रीक कारमा रियर टेल ल्याम्पमा फुल एलइडी लाइट दिएको छ । यसको इन्टेरियरमा सेन्टर कन्सोल, ड्राइभ मोड सेलेक्टर नबसमेत दिइएको छ । 

अल न्यू २०२० किया शोलमा १७ इन्चको लाइटवेट ह्वील्स दिइएको छ । साथै, यसमा १०.२५ इन्चको टचस्क्रृन इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । 

यसमा कम्पनीको निरो इलेक्ट्रीकको लागि उत्पादन गरिएको मोटर प्रयोग गरिएको छ । यसमा दिइएको इलेक्ट्रीक मोटरले २०१ पीएस पावर र २९५ एनएम टर्क उत्पादन गर्छ । यो इलेक्ट्रीक गाडीले सिंगल चार्जिङमा ४८४ किलोमिटर यात्रा गर्छ । 


Back_to_top