हिरो इलेक्ट्रीकले आफ्नो पोर्टफोलियोमा फ्ल्यास, एलवाईएक्स, ओप्टीमा, फोटोन गरी चार मोडल निर्माण गर्ने तयारी गरेको छ ।
यी चारवटै मोडलहरूमा लिथिएम आयोन ब्याट्री प्रयोग गरिने भएको छ । जसले ६० किलोमिटरको रेन्ज प्रदान गर्ने छ । फुलचार्ज गर्न करिब ४–५ घन्टाको समय लाग्ने यी ब्याट्री निकै पावरफुल हुने बताइएको छ ।
नयाँ इलेक्ट्रीक बाइकको बेस मोडलमा ५५० वाट पावर र टप–स्पेक मोडलमा एक हजार वाटको इलेक्ट्रीक मोटर दिइएको छ ।
यी नयाँ ईलेक्ट्रीक स्कुटरहरूमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, अल–डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, एन्टी थेफ्ट अर्लम सिस्टम, रिमोट लक र टु–पावर मोड दिइएको छ । कम्पनीले यी स्कुटरहरुमा ३ वर्षको वारेन्टी पनि दिने बताएको छ ।
गत आर्थिक वर्षमा हिरो इलेक्ट्रीकले भारतीय बजारमा ३० हजार युनिट इलेक्ट्रीक टु–ह्वीलर बिक्री गरेको थियो । कम्पनीले अहिले यसको दोब्बर अर्थात् ६० हजार युनिट इलेक्ट्रीक टु–ह्वीलर बिक्री गर्ने लक्ष्य लिएको छ ।
हिरो इलेक्ट्रीकले आगामी वर्ष आफ्नो इलेक्ट्रीक टु–ह्वीलरलाई एसिया तथा अफ्रिकाको धेरै बजारमा बिक्री–वितरण गर्ने योजना बनाएको छ । कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर नभिन मुन्जालकाअनुसार कम्पनीले घरेलु बजारमा नै ध्यान केन्द्रित गरेको छ । निर्माताले सन् २०२०–०२१ मा घरेलु बजारमा एक लाख युनिट टु–ह्वीलर इलेक्ट्रीक बिक्री गर्ने लक्ष्य लिएको छ ।
नेपाली बजारमा हिरो इलेक्ट्रीकका स्कुटरहरु बिक्री वितरण हुँदै आईरहेका छन् ।

