टोयोटाले धेरैभन्दा धेरै सवारी साधन बिक्री गर्ने रणनीति अनुसार कम्प्याक एसयूभी निर्माणमा आफुलाई अगाडि बढाउने भएको छ । टीएनजीए प्लाट–फर्ममा निर्माण गरिने यी एसयूभीको लम्बाई ४.२ मिटर, चौडाई १.८ मिटर र उचाई १.६ मिटर हुने कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो नयाँ योजनाबारे आधिकारीकरुपमा जानकारी नगराएको भए तापनि नयाँ कम्प्याक एसयूभी ‘एफटी–४ एक्स’ अवधारणामा निर्माण गर्ने पक्का भैसकेको छ ।
कम्पनीले गतवर्ष अमेरिकामा आयोजित न्यूयोर्क अटो शोमा यस अवधारणाबारे जानकारी गराएको थियो ।
टोयोटा कम्पनीले आगामी तीन वर्षभित्र परिमार्जित, रि–फ्रेस तथा नयाँ मोडलको उत्पादनमार्फत् अमेरिकी बजारको पोर्टफोलियोलाई मजबुत बनाउने योजनासमेत सार्वजनिक गरेको छ ।
अमेरिकी अटो बजारमा अग्रेशिपढङ्गबाट व्यापार विस्तार गर्ने योजनासहित टोयोटाले आफ्नो लग्जरी ब्रान्ड लेक्सससँगको सहकार्यमा ३१ नयाँ मोडल उत्पादन गर्ने तयारी गरेको हो ।
कम्पनीले उत्पादन गर्ने योजना बनाएका अधिकांश मोडल अफ रोडिङ्ग एसयूभी हुने आँकलन गरिएको छ ।
हालैमा याभ्लोन, क्याम्री र कोरोला सेडानजस्ता मोडलका नयाँ संस्करण प्रदर्शन गरिरहेकोे टोयोटाको लाइनअपमा पुनः नयाँ एसयूभी परेको छ । साथै, कम्पनीले मजबुद मोडलको रुपमा परिचित फोर–रनर र सेकोइयाको परिमार्जित भर्सन बजारमा ल्याउने इच्छा व्यक्त गरेको छ ।
यतिमात्रै नभई राम्रै बजार पाइरहेको हाई–लाइन्डरलाई समेत अपग्रेड गर्ने कम्पनीको योजना छ ।

