होन्डाले आफ्नो नयाँ मोडल ‘सीबी–१५० आर–एक्समोसन’ सार्वजनिक गरेको छ । कम्पनीले यस मोटरसाइकललाई थाई मोटर एक्स्पो २०१८ मा सार्वजनिक गरेको हो ।
होन्डाको सीबी–१५० आर एक्समोसन केही समयअघिदेखि नै भारतीय बजारमा समेत बिक्री वितरण भैरहेको छ । यसको अन्तर्राष्ट्रिय बजारमा मूल्य ३ लाख ४० हजार नेपाली रुपैयाँ रहेको छ ।
यस मोटरसाइकलमा सीबी–३०० आर, सीबी–६५० आरजस्ता सीबी सेरिजका मोटरसाइकलहरूमा प्रयोग गरिएको स्टाइललाई निरन्तरता दिइएको छ । यसमा एलईडी हेडल्याम्पसँगै ब्ल्याक होरिजेन्टल बार दिइएको छ ।
यसमा प्रयोग भएको एलईडी टेलल्याम्प, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरले बाइकलाई प्रिमियम देखाएको छ । यसको अपसाइड डाउन फ्रन्ट–फर्कमा गोल्डेन कलर दिइएको छ भने फूल डिजिटल इन्स्ट्रुमेन्टल कलस्टर दिइएको छ । बाइकको फ्रन्ट निकै मस्कुलर देखिने छ ।
सीबी–१५० आर एक्समोसनमा १४९ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी फोर–भल्भ इन्जिन दिइएको छ । यसमा सिक्स–स्पीड ट्रान्समिसन जडान गरिएको छ ।
एबीएस फिचरसहित ल्याइएको यस बाइकमा १७ इन्चको स्प्लीट–स्पोक ब्ल्याक अलोय ह्वील दिइएको छ ।


