तयार भयो, टाटा टियागोको ‘एक्सजेड प्लस’ भेरियन्ट

टाटा मोटर्सले चर्चित ह्याचब्याक टियागोको नयाँ भर्सन बजारमा ल्याउने तयारी गरेको छ । टाटाले यही डिसेम्बरमा टियागोको ‘एक्सजेड प्लस’ भेरियन्ट भारतमा सार्वजनिक गर्न लागेको हो । 

कम्पनीले यसमा नयाँ प्रोजेक्टर हेडल्याम्प १५ इन्चको ड्युल टोन अलोय ह्वीलको प्रयोग गरिएको छ । यसका साथै फोल्डिङ आउट साइड रियर भ्यु मिरर, बडी साइड मोड्लीङ र टेलगेटमा क्रोम लगाइएको छ । 

यसको इन्टेरियरमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोलजस्ता फिचरहरु दिइएको छ । 

यसमा दिइएको १.२ लिटर पेट्रोल इन्जिनले ८५ एचपी पावर उत्पादन गर्छ । नयाँ भेरिएन्टमा पनि ५ स्पिड म्यानुअल गियरबक्स दिइएको छ । 


Back_to_top