काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले एवोन वाई मोडलमा उत्कृष्ट अफर दिएको छ । कम्पनी ५८ लाख ५० हजार मूल्य भएको एवोन वाई केवल ५ लाख ८५ हजार डाउन पेमेन्टमा उपलब्ध गराउने भएको हो ।

कम्पनीले जीएसी गाडी किन्ने ग्राहकलाई १० प्रतिशत मात्रै डाउन गरेर गाडी किन्न सकिने सुविधा अफर गरेको हो । तर, राष्ट्र बैंकको नियमानुसार मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गरेर मात्रै बाँकी रकम कर्जा लिन सक्ने छन् ।
कम्पनीले उपभोक्तालाई सुविधा दिन एक्सचेन्जमा २ लाख रुपैयाँसम्म टपअप र २ लाख रुपैयाँसम्मको नगद छुट दिएको छ । यसका अलावा कम्पनीले १ वर्षको बीमा, एक वर्षको वार्षिक सवारी कर, घरायसी प्रयोजनको लागि ७ किलोवाटको एसी चार्जर पनि दिने जनाएको छ ।
गाडीसँगै २ किलोवाटको ट्राभल चार्जर समेत अफर गरिएको गाडीको मूल्य बजेट अगाडिकै हुने कम्पनीले जनाएको छ ।


