काठमाडौं । बेलायती क्लब म्यान्चेस्टर सिटीका स्टार प्लेयर फिल फोडेनले इलेक्ट्रीक कार सिल खरिद गरेका छन् । बीवाइडीको लग्जरी सेडान सिल पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा उल्लेखनिय रुपमा बिक्री भइरहेको मोडल हो ।
इङ्गल्याण्डका खेलाडी फोडेनले आफ्नो इन्स्टाग्राममा बीवाइडी सिलसँगको तस्विर पोस्ट गर्दै आफुले इलेक्ट्रीक भेहिकल खरिद गरेको जानकारी दिएका हुन् । फिल फोडेन विभिन्न लग्जरी कारको पारखी हुन् ।
उनीसँग यसअघि मर्सिडिज बेन्ज एस क्लास, मर्सिडिज बेन्जकै एएमजी, रेन्ज रोभर स्पोर्ट एसभीआर, मर्सिडिज एइमजी जी–६३, लेम्बोर्गिनी एभेन्डर तथा टोयोटा भिल्लफायर जस्ता लग्जरी कारको संकलन छन् ।
फिल फोडेनले गत वर्षको सिजनमा म्यान्चेस्टर सिटीका लागि ५३ खेलमा २७ गोल तथा १२ गोलका लागि असिस्ट गरेका थिए । सन् २००० को मे २८ मा जन्मिएका फोडेनले आफ्नो करिअरमा क्लबका लागि २७० खेलमा भाग लिएर व्यक्तिगत ८७ गोल र ५३ गोलका लागि असिस्ट गरेका छन् ।
चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडी अहिले जर्मनीमा चलिरहेको ‘यूरोकप २०२४’को अफिसीयल ईमोविलीटी पार्टनर समेत रहेको छ ।