काठमाडौं । लुयानको नयाँ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले लुयान एस ९० को बिक्री सुरु गरेको हो ।
लुयान इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जिरो इमिशन राइड एनले २ लाख ६ हजार १०० रुपैयाँ तोकेर एस ९० को बिक्री सुरु गरेको हो ।
आकर्षक फ्यिूचरस्टिक डिजाइनमा रहेको यो स्कुटरमा २५०० वाटको पिक पावरको लिक्विड कुल्ड मोटर दिइएको छ ।
यो स्कुरमा भएको ७२ भोल्ट ३५ एम्पियर आवरको ब्याट्रीलाई एक पटक फुलचार्ज गरेर १२० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
अगाडि तथा पछाडि दुबै तर्फ डिस्क ब्रेक भएको यो स्कुटरमा रिजेनेरटिभ ब्रेकिङ सिस्टम उपलब्ध छ । ६५ किलोमिटर प्रति घण्टाको टप स्पिड भएको यो स्कुटरमा ३२ लिटरको वुटस्पेस रहेको छ ।

