ओमोडा ई-५ मा १ लाख ५० हजारसम्म बोनस पाइने

काठमाडौं । यदि तपाई आफ्नो पुरानो गाडी दिएर नयाँ विद्युतीय गाडी किन्ने योजनामा हुनुहुन्छ भने ओमोडाले तपाईलाई एक्सचेन्जमा बोनस दिने भएको छ । कम्पनीले १ लाख ५० हजारसम्म एक्सचेन्ज बोनस दिने स्कीम ल्याएको हो ।

कम्पनीले बजेट अगाडि नै आयात भएका गाडी बाँकी रहुन्जेल उक्त स्कीम संचालन हुने जानकारी दिएको छ । कम्पनीले ल्याएको स्कीममा एक्सचेन्ज बोनसका अलावा एक वर्षको सवारी कर, ७ किलोवाट क्षमताको एसी चार्जर निःशुल्क दिने जनाएको छ ।

आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले यसको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । कम्पनीले हरेक गाडीको खरिदमा एउटा टी-बक्स माेबाइल एप पनि उपलब्ध गराउने छ । यसको प्रयोगले गाडीको कनेक्टीभीटी र कार्यक्षमता बढाउने छ ।

‘बजारमा आएको छोटो समयमा नै ओमोडाले उपभोक्ताको अभूतपूर्व साथ र माया पाउन सफल भएको छ । यस्तोमा उपभोक्तामैत्री स्कीम ल्याउन पाउँदा हामी थप उत्साहित छौं । तपाई पनि आफ्नो पुरानो गाडीसँग ओमोडाको विद्युतीय गाडी एक्सचेन्ज गरेर फाइदा उठाउन सक्नु हुन्छ’, एसपीजी अटोमोवाइलका प्रबन्ध निर्देशक गौरब सारडाले भने ।

कुपे डिजाइन, एरोडाइनामिक बडी डिजाइन, आधुनिक फिचर उपलब्ध कारमा ६१ किलोवाट आवरको ब्लेड ब्याट्री पाउन सकिन्छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा ९९ किलोवाट आवरको इलेक्ट्रीक मोटर प्रयोग भएको छ ।


Back_to_top