बीएमडब्लू सीइ ०४ इलेक्ट्रीक स्कुटर अर्को महिना भारतमा सार्वजनिक हुने

काठमाडौं । बीएमडब्लू मोटार्ड इन्डियाले सीइ ०४ इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ । भारतीय बजारमा प्रतिक्षित रहेको बीएमडब्लू सीइ ०४ जुलाइ २४ तारीखमा सार्वजनिक गर्ने मिति तय भएको हो ।

कम्पनीले गत डिसेम्वरमा भारतमा प्रदर्शन गरेको यो स्कुटर जुलाई २४ मा सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले अमेरिकी तथा यूरोपियन बजारमा सीइ ०४ इलेक्ट्रीक म्याक्सी स्कुटर बिक्री गर्दै आएको छ । अमेरिकी बजारमा यो स्कुटरको मूल्य ११ हजार ७९५ डलर रहेको छ । भारतीय बजारमा यसको मूल्य कति हुन्छ भनेर अझै केही समय कुर्नु पर्ने हुन्छ ।

बीएमडब्लू सीइ ०४ इलेक्ट्रीक म्याक्सी स्कुटरमा ८.९ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ । यो स्कुटरमा रहेको मोटरले ४२ हर्स पावर तथा ६२ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटर एक पटक फुल चार्ज गरेर १३० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

यो स्कुटरमा रहेको ब्याट्री प्याकलाई ० देखि ८० प्रतिशतसम्म ६५ मिनेटमा चार्ज गर्न सकिन्छ । यसमा बीएमडब्लूका एसयूभीमा जस्तै होरिजेन्टल टीएफटी डिस्प्ले पाउन सकिन्छ । त्यस्तै यो स्कुटरको फ्रन्टमा ३५ एमएम टेलिस्कोपिक सस्पेन्सन तथा रियरमा अफ सेट मोनासक सस्पेन्सन दिइएको छ । यसका अलावा यसको फ्रन्टमा डबल डिस्क ब्रेक र रियरमा सिंगल डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस रहेको छ । यो स्कुटरको टप स्पीड १२१ किलोमिटर प्रतिघन्टा रहेको छ ।

त्यस्तै यसमा तीन राइड मोड पाउन सकिन्छ । यसमा इको, रेन र रोड मोड रहेको छ भने यो पुर्णतया किलेस रिमोट रहेको छ ।


Back_to_top