महिन्द्रा मराजोले पायो क्रयास टेष्टमा ४ स्टार रेटिङ, आउला जनवरीमा नेपाल ?

महिन्द्रा मराजो मल्टी प्रपोज भेइकल (एमपीभी)ले ग्लोबल एनक्याप क्र्यास टेष्टमा ४ स्टार रेटिङ पाएको छ । भारतमा निर्मित एमपीभीले पहिलो पटक ४ स्टार रेटिङ पाएको हो । 

यात्रुको सुरक्षाका लागि कम्पनीले दिएको फिचरकै कारण उत्कृष्ट नतिजा आएको महिन्द्रा कम्पनीले प्रतिक्रिया दिएको छ । मराजोमा स्ट्यान्डर्ड डबल एयरब्याग, एबीएस, इबीडी, सिटबेल्ट रिमाइन्डर जस्ता प्रिमियम फिचर रहेका छन् । 

चार भेरिएन्टमा बजारमा उपलब्ध यो एमपीभी भारतीय बजारमा गत सेप्टेम्बरबाट विक्री वितरण हुँदै आईरहेको छ । टप भेरिएन्टमा १७ इन्चसम्मको अलोय ह्वील दिइएको छ । 

डेटाईम रनिङ लाईट, क्रुज कन्ट्रोल, एन्ड्रोइड अटो, रियर पाकिङ क्यामेराले कारलाई थप सुविधा सम्पन्न बनाएको छ । 

१.५ लिटर क्षमताको डिजेल इन्जिन दिइएको यो एमपीले १२३ एचपी पावर उत्पादन गर्छ । ६ स्पीड म्यानुयल ट्रान्समिसनमा उपलब्ध हुने यो एमपीभी नेपाली बजारमा जनवरीमा सार्वजनिक गर्ने महिन्द्रा सम्बद्ध स्रोतले जनाएको छ । 


Back_to_top