सस्तो ब्याजदर र २०% डाउन पेमेन्टमै किन्न सकिन्छ, ‘किया शोल’

काठमाडौं । गाडी किन्ने सोचमा हुनुहुन्छ, तर बैंकको बढ्दो ब्याजदरले समस्या परेको छ भने इलेक्ट्रीक कार किन्न सहज र सस्तोमा कर्जा पाइन्छ । 

नेपाली अटो बजारमा कन्टीनेन्टल ट्रेडिङ्गले मात्र ११.५ प्रतिशत ब्याजदरमा कियाको इलेक्ट्रीक गाडी शोल किन्न सकिने नयाँ अफर ल्याएको छ । अझ यो गाडी किन्नका लागि हालैमात्र राष्ट्र बैंकले जारी गरेको ५० प्रतिशत अनिवार्य डाउनपेमेन्टको सर्कुलरले समेत प्रभाव पार्नेछैन । किनकी इलेक्ट्रीक भेहिकलको लागि गाडीको मूल्यको २० प्रतिशतमात्र डाउनपेमेन्ट गरे हुने ब्यवस्था केन्द्रीय बैंकले नै गरेको छ । 

कियाले यस्तो अफर अन्य मोडलमा भने ल्याएको छैन । कम्पनीले किया शोलमा मात्र यो अफर ल्याएको कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर अनिस लामेछानेले मेरोअटोलाई जानकारी दिए । 

इलेक्ट्रीक गाडीका धेरै फाइदा देखेर नै सरकारले थुप्रै सहुलियत दिएको छ । पेट्रोल पम्प धाउनु नपर्ने, आफ्नै घरको बिजुलीको प्लगमा चार्ज गर्न सकिने, समय–समयमा लुब्रिकेन्ट परिवर्तन गर्ने झन्झटबाट मुक्त भइनेजस्ता यसका सकारात्मक पक्ष हुन् । 

अझ अर्को फाइदा गज्जवको छ, यो गाडी किनेपछि वार्षिकरुपमा सरकारलाई बुझाउनुपर्ने सवारी करसमेत तिर्नु पर्दैन । नेपाल सरकारले इलेक्ट्रीक भेहिकलमा वार्षिक सडक मर्मत सम्भार करमा १०० प्रतिशत छुट दिएको छ । यसको सञ्चालन खर्च प्रतिकिलोमिटरमात्र १ रुपैयाँ ६० पैसाको हाराहारीमा पर्छ । 

अब प्रश्न उठ्छ, एकपटकको चार्जमा कति किलोमिटर गुड्छ त ? तपाईंलाई विश्वास नलाग्न सक्छ, किया शोलमा एकपटकको फूलचार्जमा २१२ किलोमिटरसम्म आरामले यात्रा गर्न सकिनेछ । यसमा अत्याधुनिक प्रविधिको २७ किलोवाट आवर क्षमताको लिथियम आयन पोलिमर ब्याट्रीको प्रयोग गरिएको छ ।

लामो दूरीमा के गर्ने ?

तपाईंलाई अचानक काठमाडौंबाट पोखरा जाने काम पर्यो, तर तपाईंको शोलमा आधामात्र चार्ज छ भने पनि केही फरक पर्दैन । काठमाडौंबाट पोखराको दूरी २०० किलोमिटरको हो । कन्टीनेन्टल ट्रेडिङ्गले शोल चालकहरुको सुविधाका लागि कुरिनटारको रिभरसाइड रिसोर्टमा फास्ट–डीसी चार्जिङ्ग स्टेसनको ब्यवस्था गरिसकेको छ । 

तपाईं काठमाडौंबाट ९० किलोमिटरको दूरीमा रहेको कुरिनटारमा यदि ब्याट्री सकिनै लागेको छ भने पनि मात्र ३३ मिनेटको रि–फ्रेसमेन्ट ब्रेकमा नै ८० प्रतिशत चार्ज गर्न सकिनेछ । 

कम्पनीले पोखरा, धुलिखेल, काठमाडौंमा चार्जिङ्ग स्टेशन बनाइसकेको छ भने बर्दिवास, चितवनलयातका स्थानमा चाँडै बनाउने कम्पनीले जनाएको छ । 

शोललाई साधारण घरायसी प्रयोजनको बिजुलीमा चार्ज गर्दा १० देखि १२ घन्टासम्ममा फूल चार्ज हुनेछ । 

मूल्य

कोरियामा उत्पादन भएको यस कम्प्याक एसयूभी किया इलेक्ट्रीक शोलको मूल्य नेपाली बजारमा ५६ लाख रुपैयाँ रहेको छ । पानारोमिक रुफसहितको अप्सनमा उपलब्ध गाडी किन्न चाहनेले ५८ लाख रुपैयाँ तिर्नु पर्नेछ । 

पेट्रोलियम पदार्थको प्रयोग गर्नु नपर्ने भएकाले हरेक महिना पेट्रोल हाल्ने पैसामा केही रकम थप गरेर मासिक किस्ता तिर्न सकिने छ ।

वातावरण–मैत्री 

विश्वको सबैभन्दा ठूलो टाउको दुखाई बनेको प्रदूषण घटाउन यस्ता इलेक्ट्रीक सवारीसाधनले सहयोग गर्ने भएकाले पछिल्लो समयमा इलेक्ट्रीक गाडीमा सबैको ध्यान केन्द्रित भएको छ । किया शोल जिरो इमिशन भेहिकल हो ।


Back_to_top