निशानले फेरि फिर्ता लियो डेढ लाख कार

निशानले प्रक्रियागत रुपमा परिक्षण नगरि बजारमा पठाएका १ लाख ५० हजार कार फिर्ता लिने भएको छ । कम्पनीले विज्ञप्ती मार्फत बजारमा रहेका डेढ लाख कार पुन फिर्ता लिई अनुसन्धानको प्रक्रिया अगाडि बढाउने जानकारी दिएको हो । कम्पनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘निशान माेटर्सद्धारा उत्पादन भई प्रक्रियागत रुपमा मापदन्ड पुरा नभएका कार बजारमा पुगेको छ । हामी तत्काल कार फिर्ता लिई आवश्यक अनुसन्धान गर्ने तयारीमा छौं । अनुमानित हिसाबमा संसारका विभिन्न अटो बजारबाट झन्डै डेढ लाख कार फिर्ता लिन सक्नेछौं ।’

निशान कम्पनीले फिर्ता लिने भएको उक्त कार सन् २०१७ को नोभेम्बरदेखि २०१८ को अक्टुवर बिचमा उत्पादन भएको हो । कम्पनीको घरेलु ‘एसेम्बली प्लान्ट’मा निर्माण भएको ती कारको स्पिड, सुरक्षा, ब्रेक, पफर्मेन्स लगायतका प्रणालीको परिक्षण नभएको पाइएको छ । कम्पनीले सो समयमा बनेका लिफ, मार्च, क्युब, नोट लगायतकाविभिन्न १० ओटा मोडलका डेढ लाख कार  फिर्ता लिने घोषणा गरिसकेको छ  ।

कम्पनीका उपाध्यक्ष सेइजी होन्दाले समस्या सिर्जना भएका गाडिको आन्तरिक चेकजाँच गर्नुका साथै नियमनकारी निकायमार्फत पुन परिक्षण गरि बजारमा पठाइने बताएका छन ।‘समस्या देखा परेका कारको परिक्षण र सफल अनुसन्धान पछि मात्रै बजारमा निर्यात गर्नेछौं । ग्राहकको मन जित्न कम्पनीले सक्दोे प्रयास गर्ने छ’ होन्दाले विज्ञप्तीमा भनेका छन् ।

उनले, आर्थिक हिनामिनाको आरोपमा पक्राउ परेका कम्पनीका पुर्वअध्यक्ष कार्लोस गोसनले आफ्नो  कार्यकालमा मूल्य कटौती गरी कार निर्यात गर्ने क्रममा, परीक्षणमा त्रुटि भएको हुन सक्ने आशंका व्यक्त गरे । हालका वर्षमा विभिन्न समस्याले घेरिएकाे  कम्पनीलाई यस घटनाले थप समस्या सिर्जना गरिदिएको छ ।

‘उक्त कारण समस्या सिर्जना भएको हो वा होइन परिक्षण भैरहेको छ । वास्तविक कुरा पत्ता लागेपछि जानकारी गराउँने छौं’ होन्दाले भने । निशानका अध्यक्ष रहेकै समय आन्तरिक आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका गोसन र उनका सहयोगी कर्मचारीलाई कम्पनीले जिम्मेवारीबाट मुक्त गरेको छ । यद्यपि गोसनले भने आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै खण्डन गर्दै आएका छन्। एएफपी


Back_to_top