काठमाडौं । हुन्डाई मोटरले अगस्ट २३ मा सार्वजनिक गरेको अल न्यू सेन्ट्रो नेपाली बजारमा आउन अझै एक महिनाभन्दा बढी समय लाग्ने भएको छ । कम्पनीको सिमित उत्पादन र भारतीय बजारमा अत्याधिक मागका कारण सेन्ट्रो नेपाल आउन समय लागेको हो ।
भारतीय बजारमा बुकिङकर्ताको वेटिङ पिरियड तीन महिनाभन्दा बढीको भैसकेको कम्पनीले जनाएको छ । यस्तोमा नेपाली बजारमा सेन्ट्रो कहीले आउला भन्ने जिज्ञासा हुनु स्वभाबिक हो ।
नेपालको लागि हुन्डाई मोटरको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतका अनुसार सुरुमा नोभेम्बरको अन्त्यसम्ममा वा डिसेम्बरमा सेन्ट्रो नेपाली बजारमा सार्वजनिक हुन्छ भनिएपनि अत्याधिक माग र कम उत्पादनका कारण केही समय ढिलो भएको हो । कम्पनीले जनवरीको दोस्रो हप्तासम्ममा नयाँ सेन्ट्रो सार्वजनिक गर्ने तयारी गरेको छ ।
‘भारतीय बजारमा अत्याधिक मागका बाबजुद कम्पनीले छुट्याउने निर्यात कोटाबाट उक्त कार नेपाल आउन लागेको हो ।
अल न्यू हुन्डाई सेन्ट्रोलाई कम्पनीले डी–लाइट, इरा, मग्ना, स्पोर्टेज र अस्टा–ट्रीम गरी ५ भेरियन्टमा उपलब्ध गराएको छ । यो कारमा पेट्रोल तथा सीएनजी दुवै इञ्जिन विकल्प दिइएको छ । तर, नेपाली बजारमा पेट्रोल भेरिएन्ट मात्रै उपलब्ध हुने छ ।
हुन्डाई सेन्ट्रोमा दिइएको १.१ लिटर, फोर–सिलिन्डर इञ्जिनले ६९ बीएचपी र ९९ एनएम–टर्क उत्पादन गर्छ । यसको पेट्रोल इञ्जिनमा फाइभ–स्पीड म्यानूअल र अप्सनल फाइभ–स्पीड एएमटी गिएरबक्स दिइएको छ । नयाँ सेन्ट्रोले २०.३ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ ।
हुन्डाई सेन्ट्रो कम्पनीकै अल न्यू के–१ प्लेटफर्ममा निर्माण गरिएको हो । यस कारमा हलोगेन हेडल्याम्प, वाइड ग्रील, फोगल्याम्प, स्टील ह्वील, हवक्याप तथा रियर साइडमा मिड–सेट टेलल्याम्प दिइएको छ ।
यसकासाथै सेन्ट्रोमा ७ इञ्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार–प्ले र एन्ड्रोइड अटोजस्ता फिचरहरु रहेका छन्


