काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई परिवार अन्तर्गत ‘हुन्डाई केयर’ योजना ल्याएको छ । उक्त योजनामा हरेक नयाँ हुन्डाई गाडीको खरिदमा १ वर्षको स्वास्थ्य बीमा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
आफ्नो ग्राहकसगँ नजिक र आत्मियताको सम्बन्ध बनाउनको नित्ति हुन्डाई मोटर्सले हुन्डाई परिवार योजना संचालनगर्दै आइरहेको छ ।
‘हाम्रा ग्राहकको अमुल्य स्वास्थ्यलाई ध्यानमा राखि ‘हुन्डाई केयर’ योजना अन्र्तगत हुन्डाई परिवारको नयाँ ग्राहकलाई आपmनो परिवारको लागि १० लाख रुपैयाँसम्मको बीमा योजना प्रदान गर्नेछौँ’ कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
हुन्डाई मोटर्सले निरन्तर रुपमा ग्राहकवर्गसँग नजिक र आत्मियताको सम्बन्ध बनाउदै आइरहेका छ । यो नयाँ योजनाले पनि आफ्ना ग्राहकमा खुशियाली छर्ने र नयाँ ग्राहकहरुको लागि हुन्डाई परिवारको साथ जोडिन मद्दत गर्ने आशा कम्पनीले राखेको उल्लेख गरेको छ ।


