नेपाल एम्बुलेन्स सेवाले पायो ‘ब्रिटिश मेडिकल जर्नल अवार्ड’

काठमाडौं । ब्रिटिश मेडिकल जर्नल अवार्डद्वारा नेपाल एम्बुलेन्स सर्भिस (नास) लाई वर्षको क्वालिटी इम्प्रुभमेन्ट एन्ड पेसेन्ट सेफ्टी टिमको श्रेणीमा पुरस्कृत गरिएको  छ । 

ब्रिटिश मेडिकल जर्नल दक्षिण एशिया अवार्ड हरेक वर्ष आयोजित हुँदै आएको छ । यो अवार्डको दक्षिण एशियामा पाँचौं संस्करण हो । उक्त समारोह डिसेम्बर १, २०१८ मा भारतको चेन्नईमा आयोजना भएको थियो । 

दक्षिण एशियाभरमा १५०० भन्दा बढी नोमिनेशनहरु–एक्सिलेन्स इन मेडिकल एजुकेसन, हेल्थकेयर इनोभेसन, क्वालिटी इम्प्रुभमेन्ट र  बिरामीको सुरक्षा जस्ता विधामा प्राप्त भएको थियो । फाइनलिस्टहरु  भारत, म्यानमार, श्रीलंका, बांगलादेश, पाकिस्तान र नेपाल रहेको थियो । 

अवार्डपछि नासका अध्यक्ष रन्जित आचार्यले भन,े ‘यो पुरस्कारको श्रेय हाम्रो सम्पूर्ण टिमलाई जान्छ, जसको कारण हामी पुरस्कार जित्न सफल भएका छौँ । यसको खुसीमा हामी अझै हाम्रा सेवा परिष्कृत बनाउन चाहन्छौँ ।’ 

२४ घण्टा आपातकालीन सहयोगको लागि, सर्बसाधारणले टोल फ्री नम्बर १०२ मा सम्पर्क गरि नासद्धारा संचालित एम्बुलेन्स सेवा प्रयोग गर्न सक्ने छन् । 


Back_to_top