आउँदै पावरफूल सुजुकी स्वीफ्ट, चार महिनापछि सार्वजनिक हुने

मारुती सुजुकी स्वीफ्टको पफर्मेन्स–वेश भेरियन्ट सार्वजनिक हुने तयारीमा रहेको छ । कम्पनीले स्वीफ्ट आरएसको पफर्मेन्स–वेश भेरियन्ट, २०१९ को मार्चमा सार्वजनिक गर्ने भएको हो । 

कम्पनीले यसअघि सोही लाइनअपमा बलेनो–आरएसको निर्माण गरिसकेको छ । मारुती सुजुकी स्वीफ्ट–आरएस टाटा टियागो–जेटीपीसँग हेड–टु–हेड प्रतिस्पर्धामा उत्रनेछ । यसमा थुप्रै प्रिमियम फिचरहरू दिइएको छ । जसमा सस्पेन्सन, एग्रेसिभ बडी किट, कन्ट्रास्ट भिजूअल हाइलाइटलगायतका फिचरहरू रहने छ । 

यस कारमा १६ इन्चको अलोए–ह्वील, डिस्क–ब्रेक, एबीएस, ईबीडीलगायतका फिचरहरू रहने छन्, भने बुस्ट स्पोर्टीयर केबिन दिइएको छ । 

स्वीफ्ट–आरएसमा बलेनोमा प्रयोग गरिएको १.० लिटर के–१० सी, थ्री–सिलिन्डर डीओएचसी, डाइरेक्ट इन्जेक्टेड, टर्बोचाज्र्ड बुस्टरजेट पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले १०१ बीएचपी पावर र १५० एनएम–टर्क उत्पादन गर्नेछ । यसमा फाइभ–स्पीड ट्रान्समिसन जडान गरिनेछ । यसको फ्यूल ईकोनोमी २२ किलोमिटर प्रतिलिटर रहने अनुमान गरिएको छ । 


Back_to_top