भारतीय सडकमा परीक्षण हुँदै निशान ‘लिफ’, आउन सक्छ नेपाल

विश्व बजारमा इलेक्ट्रीक गाडीहरूको आकर्षण दिनानुदिन बढ्दै गइरहेको छ । वातावरण प्रदूषण रोक्नका लापि पनि विभिन्न कार निर्माताहरूले इलेक्ट्रीक गाडीहरू बजारमा ल्याइरहेका छन् ।

यस्तै, निशानले पनि अहिले आफ्नो दोस्रो जेनेरेशनको निसान लिफ इलेक्ट्रीक कारको भारतीय रोडमा परीक्षण गरिरहेको छ । जापानी अटो निर्माता कम्पनीले भारतीय बजारमा इलेक्ट्रीक गाडीमा आकर्षित गर्न प्रयास गरिरहेको बताइएको छ ।

निशानको दोस्रो जेनेरेशनको निशान लिफको लूक्स आकर्षक रहेको छ । रेड–शेडसहित यस कारमा ब्ल्याक–कलर दिइएको छ । त्यस्तै, कारको ग्रिलमा ब्ल्यू एक्ससेन्ट प्रयोग गरिएको छ । फाइभ–डोरको यो ह्याच–ब्याकमा क्रोमको मुनी कम्पनीको सिग्नेचर भी–सेप्ड ग्रील राखिएको छ । 

सार्प–लूक ट्वीन–पोड हेडल्याम्प, सेन्ट्रल एयरडेममा होरिजेन्टल फगल्याम्प्स दिइएको लिफको रियरमा ब्ल्याक–कलर दिइएको छ । यस कारमा रुफ–माउन्टेड स्पोलर र टेलगेट दिइएको छ । जसमा निशानको लोगो राखिएको छ । यसको दायाँतिरको कर्नरमा जिरो एमिसन ब्लेज दिइएको छ । साथै, यसमा भर्टिकल पोजिसनको एलईडी टेलल्याम्प, माउन्ट्ड ब्रेक–लाइट, रियर डि–फ्यूजरकासाथै ब्ल्यू एक्ससेन्ट दिइएको छ । 

निशान लिफमा ४० किलोवाट प्रतिघन्टा क्षमताको ब्याट्री दिइएको छ, जसले एकपटकको चार्जमा ४०० किलोमिटरसम्मको दूरी तय गर्छ । यसमा लगाइएको मोटरले १४८ बीएचपी पावर र ३२० एनएम–टर्क उत्पादन गर्छ । लिफमा फास्ट–चार्जको सुविधा रहेको छ, जसबाट चार्ज गर्दा ४० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ । 

भारतीय बजारमा २०१९ मा सार्वजनिक हुने तयारी भैरहेको उक्त इलेक्ट्रीक कार नेपाली बजारमा पनि आउने छ । नेपालको लागि निशानको आधिकारीक वितरक पायोनियर मोटर्स स्रोतले जानकारी दियो । 

‘भारतीय बजारमा सार्वजनिक पछि लिफ नेपाली बजारमा आउने छ । त्यसका लागि कम्पनीले वर्क आउट गरिरहेको छ ।’ कम्पनीका महाप्रबन्धक ज्ञानेन्द्र चन्दले भने । 


Back_to_top