बजाजको नयाँ मोटरसाइकल फ्रिडम-१२५, चलाउन पेट्रोल हाल्नु नपर्ने

काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले निर्माण गरेको आफ्नो पहिलो सीएनजी मोटरसाइकलको नाम फ्रिडम १२५ राखेको छ ।

कम्पनीले भोलि (जुलाई ५) मा पहिलो सिएनजी मोटरसाइकल सार्वजनिक गर्नु अघि आफ्नो वेवसाइटमा फ्रिडम १२५ लिस्टेड गरेको हो ।

केही दिन अघि सार्वजनिक एक तस्वीरका अनुसार यो मोटसाइकल पेट्रोल तथा सिएनजी दुबै स्वीच गर्न मिल्ने बनाइएको छ । यसलाई बिना पेट्रोल पनि चलाउने सकिन्छ ।

बजाजको औरंगाबाद प्लान्टमा उत्पादन भएको सिएनजी मोटरसाइकल पेट्रोल मोटरसाइकलको तुलनामा ज्यादा माइलेज दिने बताइएको छ । यो सिएनजी मोटरसाइकलले १ केजी सिएनजीको प्रयोगले १०० किलोमिटरसम्म माइलेज दिने कम्पनीको भनाइ छ ।

भारतमा सिएनजी पेट्रोलको तुलनामा सस्तो छ । एक केजी सिएनजी १ लिटर पेट्रोल भन्दा २० रुपैयाँभन्दा धेरैले सस्तो छ ।यसको नाम अनुसार यो मोटरसाइकलमा १२५ सीसी क्षमताको इन्जिन हुने अनुमान गर्न सकिन्छ ।

यस मोटरसाइकलमा राउण्ड हेडल्याम्प, पेट्रोल ट्याकंको मुनिपट्टी अथवा सीट मुनिको भागमा सीएनजी ट्याकं हुने अनुमान गरिएको छ ।

यो मोटरसाइकलमा ट्युबलेस टायर, १७ इन्चको ह्वील, फ्रन्टमा डिस्कब्रेक र रियरमा ड्रमब्रेक, सस्पेन्सन सेटअपमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोसक हुनेछ ।


Back_to_top