काठमाडौं । लामो समयदेखि केरुङ–काठमाडौं रेलमार्गबारे कुनै छलफल नभएको अबस्थामा उक्त बिषयमा छलफल गर्न उच्च स्तरीय चिनियाँ टोली नेपाल आएको छ ।
यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन भएकाले अब विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।
चिनियाँ रेल मामिला हेर्ने डेपुटी एड्मिस्ट्रेटरसहितको टोली आइतबार नेपाल आएको र आज सोमबार हुने सचिवस्तरीय बैठकमा केरुङ–काठमाडौं रेलमार्गको डीपीआर बनाउने मोडालिटीमाथि छलफल हुनेछ ।
रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सबै खर्च चिनियाँ पक्षले व्यहोरेको र अब डिपिआरमा नयाँ मोडालीटीबाट खर्च गर्ने प्रस्ताव चिनियाँ पक्षले ल्याउने सम्भावना धेरै रहेको छ ।
प्रारम्भिक रिपोर्टअनुसार रेलमार्ग निर्माण गर्न २ खर्ब ७५ अर्ब रुपैयाँ र ९ वर्ष समय लाग्ने अनुमान गरिएको छ ।

