होन्डाको कुनैपनि बाइक ल्याउनुस् ५० हजार पाउनुस्

काठमाडौं । होन्डाको लागि नेपालको आधिकारीक बिक्रेता स्याकार कम्पनीले नयाँ अफरसहितको एक्स्चेन्ज योजना अगाडि ल्याएको छ । कम्पनीले होन्डाको कुनैपनि पुरानो बाइक तथा स्कुटर ल्याएर नयाँ बाइक वा स्कुटर किन्दा ५० हजार मुल्याङ्कन पाउने जनाएको हो । 

नेपालमा होन्डाको ५० वर्ष पुरा गरेको बर्षोत्सव मनाउने क्रममा स्याकार कम्पनीले पुराना बाइक तथा स्कुटरको एक्स्चेन्जमा ५० हजार प्रदान गर्न लागेको हो । 

त्यसका लागि तपाईको बाइक चालु अबस्थामा र बिलबुक भने रिनु भएको हुनुपर्ने छ । कम्पनीले यो अफर पहिलो ५ सय जना ग्राहकको लागि मात्र लागु हुने जनाएको छ । 

अन्य ब्रान्डका मोटरसाईकलको एक्स्चेन्जमा पनि उचित मूल्य दिने कम्पनीले दाबी गरेको छ । 


Back_to_top