काठमाडौं । लुयान इलेक्ट्रीकको नयाँ शोरुम ललितपुर तथा भक्तपुरमा संचालनमा आएको छ । लुयान स्कुटरको आधिकारिक बिक्रेता जीरो इमिसन राइड एनले आफ्नो संजाल विस्तार गर्दै ललितपुर र भक्तपुरमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।
कम्पनीले ललितपुरको सातदोबाटो चोकमा र भक्तपुरको सुर्यविनायक चोकमा शोरुम संचालन गरेको हो ।
कम्पनीले यी शोरुमहरुमा स्कुटर बिक्री गर्नुका साथै बिक्री पछिका सेवा तथा पार्टस समेत उपलब्ध गराउने कम्पनीका बिक्री प्रबन्धक शंकर शर्माले जानकारी दिए ।
नयाँ शोरुम सँचालनको उपलक्ष्यमा कम्पनीले असार मसान्त सम्मको लागि हरेक स्कुटर खरिदमा १० हजारसम्मको नगद छुटको व्यवस्था गरेको जनाएको छ । त्यसका साथै एउटा प्रिमियम हेलमेट तथा रेनकोट समेत निःशुल्क उपलब्ध गराउने बताएको छ ।
कम्पनीले स्कुटर बिक्रीका साथै बिक्री पछिको सेवालाई विस्तार गर्दै काठमाण्डौंमा मात्र ९ ठाउँमा सर्भिस सेन्टर संचलान गर्दै आएको छ । लुयानका काठमाण्डौं उपत्यका बाहिर करिब १३ बढी डिलरहरु रहेका छन् ।

