चार पाङ्ग्रेको आयात झण्डै १६ हजार

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा कुल १५ हजार ९३४ यूनिट साना गाडी आयात भएको देखिन्छ । यसमा ९ सिट क्षमताका इलेक्ट्रीक माइक्रो भ्यान र एम्बुलेन्सको रुपमा आयात भएका पेट्रोल गाडी पनि समावेस गरिएको छ ।

गत वर्ष विद्युतीय चार पाङ्ग्रेको आयात ११ हजार ७०१ यूनिट हुँदा ४ हजार २३३ यूनिट पेट्रोलियम पदार्थबाट चल्ने एम्बुलेन्स सहितको गाडी आयात भएको हो । त्यसमा १७२ यूनिट एम्बुलेन्स आयात भएको देखिन्छ ।

देश अनुसार गाडी आयात केलाउँदा सबैभन्दा धेरै चीनबाट आयात भएको छ । त्यसैगरी भारत, इन्डोनेशिया, जापान, थाइल्याण्ड, यूरोप र अमेरिकाबाट पनि कारहरु आयात भएका छन् ।


Back_to_top