काठमाडौं । केहि दिन अघि मात्रै सार्बजनिक भएको रोयल इनफिल्ड गुरिल्ला ४५० मोटरसाइकल भारतमा बुकिङ सुरु भएको छ ।
कम्पनीले २ लाख ३९ हजार भारतीय रुपैयाँ सुरूवाती मूल्य तोकेर सार्बजनिक गरेको गुरिल्ला ४५० मोटरसाइकल १० हजार रुपैयाँ टोकन रकम तिरेर बुकिङ खुल्ला गरिएको हो । गुरिल्ला ४५० बुकिङ गर्न चाहने ग्राहकले मोटरसाइकलसँगै एक्स्ट्रा एशोसरिजसमेत बुक गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले सार्बजनिक गरेको एशोसरिज अन्तर्गत ब्ल्याक बेन्च सीट, ब्ल्याक उर्बान सीट, स्टील कम्प्याक्ट इन्जिन गार्ड, हल्का स्टील लार्ज इन्जिन गार्ड, आल्मुनियम रेडिएटर गार्ड, आल्मुनियम सम्प गार्ड, स्टील हेडल्याम्प ग्रिल, ब्ल्याक इन्स्ट्रुमेन्ट काउल, बाइक कभर, फ्लाई स्क्रिन, बार इन्ड मिरर माउन्ट र आल्मुनियम आयल फिलर क्याप जस्ता पार्टस् छन् ।
यस्तो छ रोयल इनफिल्डको गुरिल्ला ४५० मोटरसाइकल
एड्भेन्चर हिमालयन ४५० मा नै भएको शेर्पा इन्जिनमा आएको गुरिल्ला रोडस्टार एनालग, ड्यास र फ्ल्यास गरि तीन भेरियन्टमा उपलब्ध छ ।
एनालग भेरियन्टको सुरूवाती मूल्य २ लाख ३९ हजार रहेको गोरिल्लाको मिड भेरियन्ट ड्यासको मूल्य २ लाख ४९ हजार र टप भेरियन्ट फ्ल्यासको मूल्य २ लाख ५४ हजार भारतीय रुपैयाँ तोकिएको छ ।
रोयल इनफिल्ड हन्टर ३५० कै डिजाइनमा तयार पारिएको गुरिल्ला ४५० मा सर्कुलर एलइडी हेड्ल्याम्प, टेल ल्याम्प र आकर्षक फ्युल ट्यांक रहेको छ ।
रेट्रो रोडस्टार सेग्मेन्टमा निर्माण भएको यस मोटरसाइकलमा सिंगल पिस सिट, सर्कुलर टिएफटी इन्स्ट्रुमेन्ट कन्सोल, ब्लूटुथ कनेक्टिभिटी, टर्न वाई टर्न नेभिगेसन छन् ।
त्यसैगरी, डवल डिस्क ब्रेकसंगै डवल च्यानल एबीएस, स्लीक एलईडी टर्न सिग्नलहरू, राइड मोड, स्वीचेवल एबीएस, स्लिपर एसिस्ट क्लच जस्ता फिचरहरु उपलब्ध छन् ।
त्यस्तै, यसमा १७ इन्चको ब्ल्याक अलोय ह्वील, ट्युवलेस टायर, कन्भेन्सनल टेलिस्कोपिक फ्रन्ट फर्क र अफसेट मोनोशक रियर सस्पेन्सन सेटअप पाउन सकिन्छ ।
गुरिल्ला ४५० मोटरसाइकलको लम्बाई २१३४ एमएम, चौडाई ८३४ एमएम, उचाई १११५ एमएम र ह्वीलबेस १४९१ एमएम रहेको छ । यो मोटरसाइकल इन्ट्री लेवल रोयल एनफिल्ड हन्टरभन्दा केवल दुई किलोग्राम मात्रै बढी भारी छ ।
रोयल इनफिल्ड गुरिल्ला ४५० मोटरसाइकलमा ४५२ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, डिओएचसी एफआई इन्जिन रहेको छ ।
उक्त इन्जिनले अधिकतम ८ हजार आरपीएममा ४० हर्सपावर तथा ५५०० आरपीएममा ४० एनएमकै म्याक्सिमम पिक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स पाउन सकिन्छ ।


