चीन र भारतबाट कति आए विद्युतीय कार ? यस्तो छ बजार हिस्सा

काठमाडौं । गत आर्थिक वर्षमा विद्युतीय कारको हिस्सा ७२ प्रतिशत माथि पुग्यो । झण्डै १६ हजार यूनिट चार पाङ्ग्रे सवारीसाधन आयात भएकोमा ईभीको हिस्सा ११ हजार ७०१ यूनिट थियो ।

ठूलो परिमाणमा आयात भएको ईभीमा चिनियाँ उत्पादकको वर्चश्व रहेको पाइन्छ । एक वर्षको अवधिमा चीनबाट ८ हजार ६५ यूनिट विद्युतीय गाडी आयात भएका छन् । जुन कुल ईभी आयातको ६८.९३ प्रतिशत हो ।

त्यसैगरी दोस्रो धेरै कार भारतबाट आयात भएको देखिन्छ । भारतबाट ३ हजार ३७७ यूनिट ईभी आयात भएको भन्सार विभागको तथ्यांकबाट प्रस्ट हुन्छ । भारतीय ईभीको बजार हिस्सा २८.८६ प्रतिशत रहेको छ ।

तेस्रो धेरै ईभी आयात इन्डोनेशियाबाट भएको देखिन्छ । इन्डोनेसियाबाट एक वर्षको अवधिमा १५० यूनिट ईभी आयात भएको छ । जुन कुल आयातको १.२८ प्रतिशत हो ।

कोरिया, जर्मनी र अमेरिकाबाट आयात भएको ईभीको संख्या १ प्रतिशतभन्दा कम रहेको छ ।


Back_to_top