बजाजले भारतमा बनाउँदै ५०० सीसीको केटीएम बाइक

अष्ट्रियाली टु–ह्वीलर कम्पनी केटीएमका सीईओ स्टेफेन पियरले बहु–प्रतिक्षित मोटरसाइकल केटीएम ड्यूक–७९० ले राम्रो सफलता बटुल्ने बताएका छन् । कम्पनीले एड्भेन्चर सेग्मेन्टअन्तर्गत आगामी वर्ष यस मोडलको १५ हजार युनिट बिक्री गर्ने लक्ष्य लिएको उनले बताए । 

साथै, बजाज कम्पनीले केटीएम–५०० सीसीको ट्वाइन सिलिन्डर मोटरसाइकलको उत्पादन गर्ने पियरेले खुलासा गरेका छन् । ‘५०० सीसी सेग्मेन्टको मोटरसाइकलमा बजाजद्वारा उत्पादित डबल सिलिन्डर मेसिन लगाइनेछ । 

मोटरसाइकल बजारमा प्रिमियम क्लासअन्तर्गत ५०० देखि ८०० सीसीका बाइकको माग बढिरहेको छ । सोही कुरालाई ध्यानमा राख्दै यस्तो योजना बनाइएको छौँ ।’ यस सहकार्यले थप ऊर्जा दिएकोे बताउँदै पियरले बजाजद्वारा उत्पादित मोडलले राम्रो सफलता पाउने विश्वाससमेत ब्यक्त गरे । 

पियरेलले बेलायत र स्पेनमा सार्वजनिक केही महिना भित्रै सार्वजनिक हुने ७९० एड्भेन्चरको मूल्य करिब १५ हजार डलर बराबर हुने उनले जानकारी दिए । यो मोटरसाइकलमा ७९९ सीसी एलसी–८ सी प्यारालल ट्वाइन इन्जिन लगाइएको छ । यसकासाथै, ड्यूक–७९० नेकेड रोडस्टरमा पनि सोही इन्जिनको प्रयोग गरिएको छ ।

मोटरसाइकलको इन्जिमा सिक्स–स्पीड गियरबक्स लगाइएको छ । विभिन्न विशेषता उपलब्ध यी मोटरसाइकलप्रति कम्पनीले निकै अपेक्षा लिएको छ । यद्यपि, पियरेले बजाजले निर्माण गर्ने मोटरसाइकलको विषयमा थप बिषय उल्लेख गरेनन् । 


Back_to_top