काठमाडौं । नेपाली सेनाले राष्ट्रपतिको मात्र प्रयोगका लागि नयाँ हेलिकप्टर खरिद गरेको छ । नेपाल सरकारको स्वीकृतिमा नेपाली सेनाले खरिद गरेको सो हेलिकप्टरको खरिद मुल्य १ अर्ब ५० करोड रुपैयाँ रहेको जनाएको छ ।
इटालीयन कम्पनीले बनाएको उक्त अत्याधुनिक हेलिकप्टरमा १४ जनासम्म यात्रुले यात्रा गर्न सक्ने छन् ।
उक्त हेलिकप्टर राष्ट्रपतिको प्रयोगको लागिमात्र भनदा विवाद हुने भएपछि भीभीआईपीका लागि खरिद गर्ने भनि निर्णय गरिएको थियो । तर, आज कारोवार राष्ट्रिय दैनिकमा प्रकाशित समाचारका अनुसार सो हेलिकप्टर राष्ट्रपतिका लागि मात्र २४ सै घन्टा स्ट्याण्डवाई राखिने उल्लेख गरिएको छ ।
यो हेलिकप्टरमा साउदी अरब, कतार, थाइल्याण्ड, जापान, अल्जेरिया, नाईजेरिया र तुर्किमस्थानका भीभीआईपीको सवारीमा प्रयोग गर्ने गरिएको छ ।
उक्त हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमानै राखिने सेनाले जनाएको छ । महाराजगंजमा रहेको प्रहरी तालिम केन्द्र हटाएर सो स्थानमा हेलिप्याड बनाउने योजना अनुशार उक्त हेलिप्याड निर्माण भएपछि भने सो हेलिकप्टर राष्ट्रपति भवनमै राखिने जनाईएको छ ।
यस्तो छ हेलिकप्टर
इटालीयन कम्पनी अगुस्टा वेसल्याण्डले निर्माण गरेको यो हेलिकप्टर एडब्लू १३९ मोडलको हो । जसलाई विश्वका थुप्रै राष्ट्रप्रमुखहरुको सवारीका लागि प्रयोग भईरहेको छ । यो हेलिकप्टरमा साउदी अरब, कतार, थाइल्याण्ड, जापान, अल्जेरिया, नाईजेरिया र तुर्किमस्थानका भीभीआईपीको सवारीमा प्रयोग गर्ने गरिएको छ ।
यसमा हाईडेफिनेसन फर्वाड लुकिङ् इफ्रारेड, सेल्फ प्रोटेक्सन सिस्टम, हेभि डिउटी ल्याण्डिङ गियर तथा लोथर्मल अकुस्टीक सिग्नेचर जस्ता विशेषताहरु रहेका छन् । यो हेलिकप्टरको तौल ७ टन रहेको छ, जसको स्पीड ३०५ किलोमिटर प्रतिघन्टा र रेन्ज ७४० किलाेमिटर रहेको छ ।
सन् २०१५ मा अगुस्टा वेस्टल्याण्डले मुख्य गियर बक्सलाई ६० मिनेटको रनड्राई टेस्ट गरेको थियो, जुन अन्य रोटोक्राफ्ट भन्दा ३० मिनेटले बढी हो ।
यो एडब्लू १३९ मा कन्भेसनल मल्टी रोटेड दुईवटा इन्जिन दिइएको छ । यसको मेन रोटरमा टाइटेनीयम हवसहितको ५ वटा व्लेड रहेको छ भने, टेल रोटरमा कम्पोजीट मेटेरियलले बनेको ४ वटा व्लेड दिइएको छ ।
यसमा तीन वटा ल्याण्डिङ गियर दिइएको छ । यसलाई उडाउन २ जना पाईलटको आवश्यक्ता पर्छ । यसमा क्यानडियन कम्पनी प्याट्री एण्ड विट्नीले निर्माण गरेको पीटीसीक्स–सी टर्बोसाफ्ट इन्जिन रहेको छ ।
जसले कुनै एक इन्जिन फेल भएमा यात्रुलाई थाहैनभई उडान सम्पन्न गर्न सक्ने छ । यसको ककपीटमा मोडुलर ग्लासको प्रयोग भएको छ भने, दुई मध्य कुनै एक पाइलट अस्वस्थ भएमा इस्टुमेन्ट फ्लाइट रुल्सको प्रयोग गरेर एक जना पाईलटले मात्रै पनि उडान गर्न सक्नेछन् । यसमा नाइटभिजन गगल्सको प्रयोग गर्न सकिने छ ।


