बजाजले नयाँ पावरको साथ ल्यायो ‘भी-१५’

बजाज मोटरसाइकलले आफ्नो भी–१५ मोडललाई पावरफुल इन्जिनमा ल्याएको छ । साथै, कम्पनीले यस मोटरसाइकल रहेको थुप्रै ग्राफिक्सलाई रिभाइज गरेको जनाएको छ । 

कम्पनीले यसको फ्यूल ट्यांकमा इन्डियन नेभी शीपको मेटल प्रयोग गरेर ल्याएको उल्लेख गरेको छ । 

यस मोडलमा अलोय–ह्वील, सेमी–डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ भने, डबल–क्राडल चेसिसमा यो बाइक निर्माण भएको छ । 

बाइककोे फ्रन्टमा टेलीस्कोपीक फर्क तथा रियरमा ट्विन–साइड शक, फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक दिइएको छ । 

बायकमा १४९.५ सीसी सिंगल–सिलिन्डर, फोर–स्टोक एसओएचसी २ भल्भ, एयर कुल्ड, डीटीएस–आइ इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले १४ पीएस पावर जेनेरेट गर्छ । पुरानो मोडलले १२ पीएस पावर जेनेरेट गथ्र्यो । 

कम्पनीले आफ्नो एबीएस भेरियन्ट भने अहिले बजारमा ल्याएको छैन । तर, चाँडै एबीएससहितको भी–१५ बजारमा आउने छ । 


Back_to_top