नयाँ अबतारमा आउँदै हिरो करिज्मा, यामाहा आर–१५ सँग प्रतिस्पर्धा

केहीसमय अघिमात्रै एक्सट्रीम २०० आर सार्वजनिक गरेको हिरो पुरानो करिज्माको भने बिक्री बन्द गरेको थियो । अब कम्पनीले करिज्मालाई नयाँ बजारमा उतार्ने तयारी गरेको छ । २०० सीसी इन्जिनमा आउने करिज्मा निकै स्टाइलिस र मस्कुल हुने अनुमान बताइएको छ ।

नयाँ करिज्माको फ्रन्टमा ३७ एमएम टेलिस्कोपिक फर्क र  रियरमा  प्री–लोड एड्जस्टेबल मनोशक दिने छ । २०० सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिनले १८.४ पीएस पावरका साथै १७ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड गियरबक्स दिने तयारीमा कम्पनी रहेको जनाइएको छ । 

सुरक्षाको लागि फ्रन्टमा २७६ एमएमको सिंगल डिस्क तथा रियरमा २२० एमएमको डिस्क ब्रेकको साथमा सिंगल च्यानल एबीएस दिइने जनाइएको छ । 

स्पोर्टी एर्गाेनमिक्ससहित बजारमा ल्याउन लागेको उक्त मोटरसाइकलमा स्टाइलिस ह्यान्डलबार र रियर सिट फुटरेष्ट जस्ता फिचर समाबेस हुने छन् । हिरोले ल्याउने नयाँ करिज्माले बजारमा बजाज पल्सर २०० आरएस र यामाहा वाइजेडएफ आर–१५ सँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । नयाँ करिज्मा सन् २०२० मा मात्रै सार्वजनिक हुने अनुमान गरिएको छ । 

यसका साथै, कम्पनीले निर्माण गर्ने २०० सीसी सेग्मेन्टमा अन्य चार मोडल बजारमा ल्याउने तयारी अनुरुप एक्सपल्स २०० र एक्सपल्स २०० टी तयार गरेको छ ।


Back_to_top