कारको स्कृनमा चालकले चाहे जस्तो विज्ञापन आउने

काठमाडौं । अहिलेका कारहरुको ड्यासबोर्डका स्कृनहरु नेपालमा ९० को दशकमा हुने टेलिभिजको भन्दा ठूलो साइजमा आउन थालेका छन् । यी स्कृनहरु ७, ९, १०, १४ हुदै १५.६ इन्चसम्म स्ट्याण्डर्ड हुन थालेका छन् ।

अहिलेका कारहरुको गियर सेलेक्ट गर्ने र चक्का घुमाउन प्रयोग हुने स्टेरिङ बाहेकका सबै फङ्सनहरु त्यहि स्कृन भित्र हुन्छ । यसलाई राम्रो र नराम्रो दुबै पक्षबाट बहस चल्दै आएको छ ।

जसले आधुनिक विद्युतीय कारको ड्यासबोर्ड वा सेन्टर कन्सोल पुरै खाली हुन थालिसकेको छ । कारको फङ्सन चलाउन र इन्टरटेन्मेन्टका लागि भिडियो, म्युजिकहरु चलाउन डिजाइन गरिएका यस्ता स्कृनहरुमा अब छिटै बिज्ञापन पनि चल्न सक्ने भएका छन् ।

केहि समय अघि मात्र अमेरिकी कार कम्पनी फोर्डले कारको इन्फोटेन्मेन्ट स्कृनमा विज्ञापन देखाउनको लागि युनाइटेड स्टेट प्याटेन्ट एण्ड ट्रेडमार्क अफिसमा आवेदन दिएको थियो । ब्यक्ति केन्द्रित एड देखाउन वा बजाउनका लागि पेटेन्ट दर्ता गरेको हो । सन् २०२३ कै फेब्रुअरीमा दर्ता भएको पेटेन्ट आवेदान गत महिना मात्रै प्रकाशित भएको हो ।

अहिले बन्ने कारहरु सबै इन्टरनेटमा कनेक्टेड हुने भएकाले कार चालकको जीपीएस न्याभिगेशन मार्फत पर्चेचिङ ह्यावीट, डाइनीङ ह्यावीट, उसको रोजाईको म्युजीक, कार चलाउने स्पीड जस्ता सूचना संकलन गर्नेछ ।

त्यहि डाटालाई आधार बनाएर चालकलाई मनपर्ने रेस्टुरेन्ट, वरपर पुगेपछि रेस्टुरेन्टको मेनु वा खानाका तस्विर, डिपार्टमेन्टल स्टोरका अफरहरु, नयाँ मुभी वा म्युजिक रिलिजका सूचनाको भिडियोमा वा भ्वाइस बाट दिइने छ । तर, अफरोड मोड, स्कुल जोन वा स्पोर्ट्स मोडमा भने चालकले सडकमा फोकस हुनुपर्ने भएकाले यस्ता विज्ञापनको संख्या एकदमै कम हुने बतान्छ ।

यो सिस्टमको अर्को राम्रो पक्ष भनेको युजरले कस्तो रियाक्ट गर्छ सोहि फ्रिक्वेन्सीमा मात्र विज्ञापन देखाइने छ । यदि युजरलाई मन पराएन भने यस्ता विज्ञापनहरु कम गर्न वा हटाउन समेत सकिने अनुमान गरिएको छ । हाललाई कन्सेप्टमा मात्र रहेकाले फोर्डको यो नयाँ प्रडक्टको कस्तो रेस्पन्स आउने हो कसैले भन्न सक्दैन ।


Back_to_top