डिजाइन र प्रविधिले जमेको ‘दिपल एस-०७’, के भन्छन् प्रयोगकर्ता ?

काठमाडौं । विद्युतीय साधनको प्रयोग बढ्दै जाँदा बजारमा एकपछि अर्को नयाँ ब्राण्ड आइरहेका छन् । धेरै ब्राण्डले नेपाल आउने वित्तिकै सफलताको स्वाद चाख्न पाउँदैनन् । तर, दिपल एस-०७ को हकमा भने कथा बेग्लैछ ।

एक सय ६२ वर्ष पुरानो लिगेसी बोकेको चांगानको सब बान्ड दिपलको जन्म सन् २००८ मा भएको हो । तर, त्यसको नाम भने चांगान न्यू इनर्जी अटोमोवाइल टेक्नोलोजी थियो । डिसेम्बर २०१७ मा चांगानले अलगै न्यू इनर्जी डिभिजन अफ चांगान स्थापना गरेको थियो । यसको मुख्य उद्देश्य न्यू इनर्जी प्रोडक्टलाई एकत्रित गर्ने, नयाँ भेहिकलको विकास गर्ने, मोटर उत्पादन र बिक्री वितरण गर्नु थियो ।

सन् २००८ र २०१७ मा स्थापना भएका दुई कम्पनी मिलेर न्यू इनर्जी भेहिकल उत्पादनमा काम गरिरहेका थिए । त्यहि समयमा एसएल-०३ मोडल चांगान ब्राण्डमा आएको थियो । पछि यी दुबै कम्पनी मर्ज गरेर सन् २०२२ मा दिपल ब्राण्डको स्थापना भएको हो । अहिले चांगान, हुवावे र सीएटीएल मिलेर दिपल ईभीको निर्माण गर्दै आएका छन् ।

दिपल एस-०७ इन्टेरियर

अहिले दिपलले एल-०७ र एस-०७ दुई मोडल बिक्री गर्दै आएको छ । यी दुबै मोडल नेपालमा उपलब्ध छन् । चांगान आफैमा पनि ४० वर्षभन्दा बढी कार उत्पादनमा अनुभव हासिल गरेको कम्पनी हो ।

के भन्छन् उपभोक्ता ?

विद्युतीय गाडीको बिक्री तिब्रगतिमा बिस्तार भइरहेको समयमा नेपाल आएको दिपल एस-०७ लाई सडकमा सबैले टेस्लाको कार भनेर सम्बोधन गरे । त्यसको मुख्य कारण टेस्लाले ईभीमा बनाएको पहिचान प्रमुख थियो । तर, बिस्तारै दिपलले नेपाली उपभोक्ताको मन मस्तिकमा आफ्नो अलग पहिचान निर्माण गर्न सफल भयो ।

यसलाई चलाइरहेका उपभोक्ता पनि खुसी देखिन्छन् । इटहरीका चन्द्र देबकोटासँग मेरोअटोले उनको दिपल अनुभवको विषयमा कुरा गरेको थियो । उनि एस-०७ सँग निकै सन्तुष्ट रहेको बताउँछन् । उनले भने, ‘१४ हजार किलोमिटरभन्दा बढी चलाइ सकेको छु । ताप्लेजुङदेखि संखुवासभा लिएर गएको छु । हिजो मात्रै पाल्पा अर्घाखाँची हुँदै आए । यसको पर्फमेन्ससँग गुनासो छैन ।’

देबकोटाले आफुसँगै अन्य ४/५ जना साथीहरुलाई पनि दिपल एस-०७ किन्न लगाएको बताए । उनिहरु सबै सन्तुष्ट छन् । यहि इटहरीमै सर्भिस पनि उपलब्ध हुँदैछ । त्यसले अझ खुसी बनाएको छ ।

तपाईले के हेरेर दिपल एस-०७ किन्नु भयो भन्ने प्रश्नमा अर्का दिपल एस-०७ चढ्ने बैकुण्ठ आचार्य भन्छन्, ‘स्पेस, ड्राइभिङ प्लेजर, बुट स्पेश हेरेर किनेको हुँ । मेरो आवश्यकतालाई यसले पुरा गरेको छ ।’

आफूलाई अटो इन्थुजियास्ट भन्न रुचाउने काठमाडौं किरन तिम्सिना दिपलको पर्फमेन्सदेखि धेरै खुसी छन् । रेन्ज कम्पनीले क्लेम गरेको हाराहारी आउँछ त्यो पनि एसी चलाएर । मैले यो गाडीलाई आइस गाडीका चालकले पनि दोहोर्याएर सोच्न ठाउँहरुमा लगेको छु ।

आधुनिक डिजाइन

कटिङ एज टेक्नोलोजीको भरपुर प्रयोग भएको कारमा रहेको धेरै फिचर अहिले पनि अन्य ब्राण्डले ल्याएका छैनन् । चालक तिर टर्न हुने डिस्प्ले, एआर-एचयूडी, रियर सिट कन्ट्रोल जस्ता फिचर यसमा छन् ।

यसका अलावा गाडीमा जेक्सचर कन्ट्रोल, लेटेस्ट लिथियम टर्नरी ब्याट्री पाउन सकिन्छ । फ्रेमलेस डिजाइन र यूनिक बडी डिजाइन यसको अर्को बलियो पक्ष हो । स्वभाविक रुपमा ९९ किलोवाटको मोटरमा उपलब्ध भएको कारण यसको मूल्य पनि निकै प्रतिस्पर्धी रहेको छ ।

क्रेज उस्तै

नेपाल आएको छोटो समयमा नै ४४० यूनिटभन्दा धेरै आयात भएको एस-०७ मा अहिले पनि उत्तिकै क्रेज भएको मोडल हो । नाडा अटो शोमा पनि यसमा ग्राहकको आकर्षण राम्रै देखिएको थियो । जेठ १५ गते बजेट सार्वजनिक भएपछि ठूलो संख्यामा आएको यहि मोडल हो । साउन महिनामा मात्रै ८८ यूनिट एस-०७ आयात भएको देखिन्छ ।


Back_to_top