काठमाडौं । टोयोटाको रिसर्च इन्स्टीच्यूटले गरेको एक अध्ययनले सामान्य काम गर्दा मात्रै पनि विद्युतीय साधनको लाइफ ७० प्रतिशतसम्म बढ्ने पत्ता लगाएको छ । टोयोटाले लगानी गरेको ‘एसएलएसी स्ट्याण्डफोर्ड ब्याट्री सेन्टर’ले समान्य तरिकाले ब्याट्री लाइफ बढाउने तथ्य पत्ता लगाएको हो ।
स्टायण्डफाेर्डका अनुसार पहिलो पटक लिथियम आयोन ब्याट्रीलाई चार्ज गर्दा हाई भोल्टेज करेन्ट प्रयोग मात्रै गर्ने हो भने पनि लिथियम आयोन ब्याट्रीको लाइफ औषतमा ५० देखि ७० प्रतिशतसम्म बढ्ने छ । हाइ भोल्टेज करेन्टले पहिलो पटक चार्ज गर्दा ब्याट्री प्याकलाई स्टेवलाइज गर्नुका साथै, ब्याट्री सेलमा रहेको मेटेरियलहरुलाई पूर्ण रुपमा एक्टीभेट गर्छ ।
यसरी ब्याट्री एक्टीभ गर्दा त्यसको पर्फमेन्स, स्थायित्व र गुणस्तरमा नै सकारात्मक प्रभाव पार्ने रिपोर्टमा दावी गरिएको छ । यसलाई इन्स्टीच्यूटले स्टेजमा पर्फमेन्स दिनु अगाडि म्युजीकल इन्स्ट्रुमेन्टलाई टु यूनिङ गरिएको जस्तै हो भनेको छ ।
एसएलएसी स्ट्याण्डफोर्डले गरेको रिसर्चमा ब्याट्रीलाई १८६ पटक चार्जिङ र डिस्चार्जिङ गरेर परीक्षण गरिएको थियो । उक्त प्रक्रियामा ६२ प्रकारका फर्मेसन प्रोटोकल प्रयोग गरिएको रिसर्च एजेन्सीको दावी छ ।
पहिलो पटक हाइ भोलटेज करेन्टले चार्ज गर्दा ३० प्रतिशत लिथियम कन्टेन लस भएको थियो, जुन परम्परागत चार्जरले चार्ज गर्दा मात्र ९ प्रतिशत लस भयो । तर, फस्ट साइकलको लिथियम लस एसईआईको पार्ट बन्ने र त्यसले नेगेटीभ इलेक्ट्रोडको सरफेसको रुपमा काम गर्ने हुँदा फाइदा धेरै हुने उल्लेख छ ।
अहिलेसम्म भने उत्पादकहरुले पहिलोपटक चार्ज गर्दा लो करेन्टमा मात्र चार्ज गर्ने गरेका छन् । यसले गर्दा धेरै समय लाग्ने छ, जुन ब्याट्री उत्पादनमा ढिलो हुने प्रमुख कारण हो ।