नेपाल आयो ‘यामाहा आर-१५’को प्रतिस्पर्धी

काठमाडौं । नेपाली बजारमा चर्चित यामाहाको १५५ सीसी स्पोर्टस् मोटरसाइकल आर-१५ को नयाँ प्रतिस्पर्धी नेपाल आएको छ । सिजी मोटर्सले आर-१५ को प्रतिस्पर्धी करिज्मा एक्सएमआर २१० नेपाल ल्याएको हो ।

कम्पनीले नाडा अटो शो २०२४ मा एक्सएमआर २१० प्रदर्शन गरेको थियो । अहिले कम्पनीले यसको बुकिङ लिइरहेको छ ।

हिरोको लेजेन्ड्री मोटरसाइकल करिज्मा बन्द भएसँगै हिरोले करिज्मा एक्सएमआर २१० सीसी इन्जिनमा स्पोर्टी मोटरसाइकल ल्याएको हो । यो मोटरसाइकलमा हिरोले पहिलो पटक लिक्विड कुल्ड इन्जिन दिएको छ ।

नयाँ करिज्मामा २१० सीसी लिक्वीड कुल्ड, फोर भल्भ इन्जिन छ । उक्त इन्जिनले ९२५० आरपीएममा अधिकतम २५.५ पीएस पावर तथा ७२५० आरपीएममा २०.४ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ६ स्पीडको गियर बक्स उपलब्ध छ भने यसको टप स्पीड १४० किलोमिटर रहेको छ ।

त्यस्तै, यामाहा आर १५ भी ४ मा १५५ सीसी क्षमताको लिक्वीड कुल्ड भीभीए एफआई इन्जिन छ । उक्त इन्जिनले अधिकतम १८.३ बीएच पावर र १४.१ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्सको साथमा स्लीपर क्लच पाउन सकिन्छ ।

नयाँ करिज्माको फ्रन्टमा ३७ एमएम टेलिस्कोपिक फर्क र रियरमा प्री-लोड एड्जस्टेबल मनोशक दिने छ । त्यस्तै आर १५ भी ४ मा भने गोल्डेक यूएसडी फर्क र रियरमा मोनोशक सस्पेन्सन उपलब्ध छ ।

सुरक्षाको लागि फ्रन्टमा ३०० एमएमको सिंगल डिस्क तथा रियरमा २३० एमएमको डिस्क ब्रेकको साथमा डबल च्यानल एबीएस उपलब्ध छ । यामाहाले आर १५ भी ४ को अगाडि २८२ एमएम र पछाडि २२० एमएम साइजको डिस्क ब्रेक दिएको छ । यसमा पनि डबल च्यानल एबीएस उपलब्ध छ ।

स्पोर्टी डिजाइनका यी दुबै बाइक एग्रेशिभ, पावर र फिचर प्याकमा उपलब्ध छ । मूल्यमा भने कस्तो अन्तर हुन्छ थाहा पाउन अझै कुर्नु पर्ने हुन्छ ।

नेपाली बजारमा यामाहाका मोटरसाइकल बिक्री गर्दै आएको कम्पनी एमएडब्लू राइडले ६ लाख १५ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

सिजी मोटर्सले एक्सएमआर को मूल्य निर्धारण गरेको छैन भने, यसको मूल्य ५ लाख रुपैयाँ हाराहारीमा हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top