काठमाडौं । बजाज अटोले पेट्रोल नै हाल्नु नपर्ने पल्सर एनएस १६० देखाएको छ । कम्पनीले पहिलो पटक पूर्ण इथानोलबाट चल्ने मोटरसाइकल देखाएको हो ।
बजाजले दुई महिना अगाडि मात्रै संसारकै पहिलो सिएनजी मोटरसइकल बिक्रीमा ल्याएको थियो । अब कम्पनीले पहिलो पटक पूर्ण इथानोलबाट चल्ने मोटरसाइकल ल्याउन लागेको हो ।
बजाजले ल्याएको सिएनजी फ्रिडम १२५ मा मोटरसाइकलमा पेट्रोल र सिएनजी दुबै फ्यूलबाट चल्ने इन्जिन दिएको थियो । तर, एनएस १६० मा भने पूर्णरुपमा इथानोलबाट मात्रै चल्ने गरी ल्याउन लागेको हो ।
बजाजले इन्डिया बायो इनर्जी एण्ड टेक एक्स्पो २०२४ मा पूर्ण रुपमा इथानोलबाट चल्न सक्ने एनएस १६० प्रर्दशन गरेको हो । भारतमा यसअघि धेरै कम्पनीले २० प्रतिशत इथानोल र ८० प्रतिशत पेट्रोलबाट चल्ने मोटरसाइकल प्रदर्शन गरेका थिए ।
बजाजले यसअघि ब्राजियलन बजारमा पूर्णरुपमा इथानोलबाट चल्ने एनएस १६० बिक्री गर्दै आएको छ । यो मोटरसाइकलमा फ्यूल स्टोरेज र फ्यूल डेलिभरी सिस्टमका अलावा अन्य परिर्वतन छैन । यसमा १६०.३ सीसी सिंगल सिलिन्डर, भोर भल्भ इन्जिन उपलब्ध । यो इन्जिनले अधिकतम १७.२ पीएस पावर र १४.६ एनएम टर्क जेनेरेट गर्छ ।


