टाटा पन्चको फेसलिफ्ट आउँदै

काठमााडाैं । टाटाले पन्च ईभीलाई नयाँ डिजाइनमा उपलब्ध गराए पनि पेट्रोल भर्सनको भने अपग्रेड भएको छैन । त्यसैले कम्पनीले पेट्रोलियम पदार्थबाट चल्ने पन्चलाई फेसलिफ्ट गरेर ल्याउन लागेको हो ।

भारतीय बजारमा टाटाको सर्वाधिक बिक्री हुने पन्च माइक्रो एसयूभी सन् २०२१ पछि पहिलो पटक मिड लाइफ फेसलिफ्ट हुन लागेको हो । सन् २०२४ कै अन्तिमसम्ममा कम्पनीले फेसलिफ्ट पन्चको बिक्री सुरु गर्ने तयारी गरिरहेको छ ।

अब आउने फेसलिफ्ट पन्चमा टाटा नेक्सनमा रहेका थुप्रै फिचर थप भएर आउने अनुमान गरिएको छ । नयाँ पन्चमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्कृन हुनेछ । एप्पल कार प्ले एन्ड्रोइड अटो पनि वायरलेस बनाएर ल्याउन लागिएको हो ।

टचस्कृन डिस्प्लेसँगै नयाँ पन्चमा टाइप सी युएसबी पोर्ट तथा वायलेस स्मार्टफोन चार्जर समेत आउने भएको छ । त्यसका साथै नयाँ पन्चमा फ्रन्ट प्यासेन्जरका लागि भेन्टीलेटेड फ्रन्टसिट, आर्मरेस्ट तथा रियर प्यासेन्जरलाई एसी भेन्ट थप्न लागिएको हो ।

इन्टेरियमा धेरै थरीका टेक फिचर थपिएता पनि नयाँ पन्चको एक्टेरियर लुक्स तथा फिचरहरु भने ठूलो परिवर्तन हुने छैन । तर, यसको फ्रनटमा परिमार्जन सहित नेक्सनको जस्तै एलइडी सिग्नेचर डीआरएल र नयाँ डिजाइनको हेडल्याम्प उपलब्ध हुनेछ ।


Back_to_top