रोयल इनफिल्ड ‘वान राइड २०२४’ सम्पन्न, देशभरका ४५० राइडर सहभागी

काठमाडौं । रोयल इनफिल्डका मोटरसाइकल राइडरहरूले विश्वभर उत्सवको रुपमा मनाइने वान राइड २०२४ सम्पन्न भएको छ । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी अल्फा अटोमोटिभको आयोजनामा वान राइड २०२४ नेपाल च्याप्टर सम्पन्न भएको हो ।

विश्वभर ५०० भन्दा धेरै सहरमा आयोजना हुने यो राइडमा सेप्टेम्वर २२ मा मनाइदै आएको छ ।

नेपालका विभिन्न १७ सहरहरूमा आयोजना भएको वान राइड २०२४ आन्तरिक पर्यटनमा टेवा दिने तथा सडक सुरक्षा सम्बन्धी चनचेतना फैलाउने उदेश्यका साथ सम्पन्न भएको अल्फा अटोमोटिभले जनाएको छ ।

काठमाडौंमा आयोजना भएको वान राइड २०२४ कार्यक्रममा सहभागी राइडरहरू गोदावरी पथ प्रदर्शक माद्यामिक विद्यालयलाइ खेलकुद सामाग्री तथा नगद सहयोग हस्तान्तरण गरेर सम्पन्न भएको हो ।

काठमाडौंमा आयोजना भएको वान राइडमा १२५ भन्दा धेरै राइडर सहभागी थिए भने नेपालभर ४५० भन्दा धेरै राइडहरूले यो कार्यक्रममा सहभागीता जनाएको कम्पनीले जनाएको छ ।


Back_to_top