नेपाली सडकमा सबैभन्दा बढी देखिने लाइट गाडी हो मारूती सुजुकी अल्टो । मारुती सुजुकी इन्डियाले २ करोड युनिट कार भारतमा उत्पादन गर्दा सबैभन्दा ठुलो हिस्सा ओगटेको यो कारको नयाँ माेडल ल्याउने तयारीमा कम्पनी रहेको जानकारी आइरहेको छ ।
कम्पनीले २०१९ को मध्यसम्ममा अल्टोको फेसलिफ्ट ल्याउने तयारी गरेको छ । कम्पनीले यसलाई फेसलिफ्ट नभनेर नयाँ संस्करण नै भन्ने जनाएको छ । उसले नयाँ प्रविधि, फिचर र फरक बाहिरी आवरणसहित बजारमा उतार्ने योजना बनाएको छ ।
यस्तो हुने छ नयाँ अल्टो
भारत सरकारले लागु गरेको ‘न्यु भेइकल सेफ्टी एसेस्मेन्ट प्रोग्राम’ मानक पुरा गरेर ल्याउने तयारीमा कम्पनी जुटेको छ । सरकारले नयाँ नियम सबै सवारी साधनले पुरागर्नुपर्ने बाध्यकारी बनाउदै छ ।
जापानमा बिक्री गरिने अल्टो जस्तै यसको डिजाइन हुने र भारतीय रोजाईलाई ध्यान दिइने कम्पनीले जनाएको छ ।
इन्जिन
नयाँ अल्टोमा ६६० सीसी क्षमताको इन्जिन प्रयोग गरिने छ । यसमा ३ सिलिन्डर युक्त इन्जिन हुनेछ, जसले ५१ बीएचपी पावर र ६३ एनएम टर्क प्रदान गर्नेछ ।
भारतीय बजारमा यसको मूल्य २ लाख ६० हजार भारतीय रुपैयाँको हाराहारीमा हुने अनुमान गरिएको छ ।

