मोटरसाइकलको आयात ६३ प्रतिशतले वृद्धि

काठमाडौं । दुईपाँग्रे सवारी सधानको आयात ६३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिका वर्षको पहिलो तीन महिनाको तुलनमा चालु आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ६३ प्रतिशतले दुई पाङ्ग्रे साधनको आयात बढेको हो ।

लामो समयदेखि ओरालो लाग्दै आएको दुईपाँग्रे बजारले लय समातेको हो । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासिक अवधिमा ६८ हजार ५३२ यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाशमा ४२ हजार १०८ यूनिट आयात भएको थियो । अघिल्लो आर्थिक वर्षमा हिरो मोटरसाइकलका आयात रोकिएको थियो भने यो आर्थिक वर्षमा हिरो लगायत अन्य ब्रान्डहरु समेत थपिएको कारण आयातमा सुधार आएको देखिन्छ ।

पछिल्लो समय प्रिमियम मोटरसाइकलको आयातमा पनि सुधार देख्न सकिन्छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४ हजार ५१३ यूनिट प्रिमियम मोटरसाइकल आयात भएको थियो भने यो आवको सोही अवधिमा ५ हजार १५३ यूनिट आयात भएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्षमा १ लाख ३४ हजार ५३४ यूनिटमा मात्र दुईपाँग्रे आयात भएको अवस्थामा यो वर्ष अहिलेको अनुपातमा आयात बढ्दै जाने हो भने २ लाख ५० हजार यूनिटभन्दा धेरै दुईपाँग्रे आयात हुने अनुमान गर्न सकिन्छ ।

त्यस्तै, दुईपाँग्रे इलेक्ट्रीक तर्फपनि आयात वृद्धि भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा १ हजार ३७१ यूनिट आयात भएकोमा यो वर्ष झण्डै ६४ प्रतिशतले आयात बढेर २ हजार २४० यूनिट आयात भएको देखिन्छ ।


Back_to_top