काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा पेट्रोलियम पदार्थबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनको आयात १ हजार ४६१ यूनिट भएको छ । यसमा प्लगइन हाइब्रिडको १९ यूनिट पनि जोडिएको छ ।
अहिले पेट्रोल कारको बिक्री पनि बजारमा केही बढेको देखिन्छ । १५०० सीसीसम्मका पेट्रोल र डिजेल कारको आयातमा केही सुधार हुँदा तीन महिनामा उक्त संख्याको आयात भएको हो ।
पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात भारत, थाइल्याण्ड, जापान जस्ता देशबाट सबैभन्दा धेरै भएको छ । साथै, यूरोप, अमेरिकादेखि चीनसम्मका पेट्रोल कारहरु आयात भएको छ ।
पीकअपको आयात ४२५ यूनिट
पेट्रोलियम पदार्थबाट चल्ने डबल क्याव र सिंगल क्याव पीकअपको आयात ४२५ यूनिट छ । जसमा २९८ यूनिट डबल क्याव पीकअप आयात हुँदा सिंगल क्याव पीकअपको आयात १२८ यूनिट देखिन्छ ।

