काठमाडौं । महिन्द्राले यही महिना भित्रै दुई नयाँ ईभी अनभिल गर्ने भएको छ । कम्पनीले नोभेम्बर २६ मा भारतको चेन्नाइमा प्रडक्सन रेडी भर्सनको बीई ०५ र एक्सयूभी ई ९ देखाउने भएको हो ।
स्पाई फोटोहरूमा देखिए अनुसार महिन्द्राको बर्न इलेक्ट्रीक इनग्लो प्ल्याटफर्ममा बनेका यी दुवै ईभीहरू र्याडिकल डिजाइनका रहेका छन् । प्रडक्सन कोडनेम बीई ०५ भएको कुपे ईभीको नाम बीई ६ई हुने भएको छ भने एक्सयूभी ई९ को नाम एक्सईभी ९ई हुनेछ ।
महिन्द्राको बीइए ६ ई एक्सयूभी ४०० भन्दा माथि पोजिसनिङ हुनेछ । यो ईभीले टाटा कर्भ, हुन्डाई क्रेटा तथा ई भिटारासँग प्रतिस्पर्धा गर्नेछ । यो ईभीको लम्बाइ ४३७० एमएम, चौडाइ १९०० एमएम, उचाइ १६३५ एमएम तथा २७७५ एमएमको ह्वीलबेस रहेको छ ।

महिन्द्राको बीई ६ ई रियर ह्वील ड्राइभ र अलह्वील ड्राइभ दुवै पावरट्रेनमा आउने छ । यो ईभीमा ६० किलोवाटआवर तथा ७९ किलोवाटआवारको ब्याट्रीप्याकको अप्सन रहेको छ ।
बीई ६ई ईभीले एक पटकको फुल चार्जमा ४५० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । साथै दुवै भर्सनमा अल्ट्राफास्ट चार्जिङ सुविधा रहनेछ ।

त्यस्तै, अर्को इलेक्ट्रीक एसयूभी एक्सईभी ९ई भने बल्की डिजाइन र ठूलो क्याबिन स्पेश चाहने ग्राहकलाई लक्षित रहेको छ ।
रियर ह्वील ड्राइभ अप्सनमा आउने यो ईभीमा ब्याट्रीप्याक र पावरट्रेन बीई ६ ई कै रहने छ । एक्सईभी ९ को क्याबिनमा तीनवटा स्कृनको डिस्प्ले रहेको छ । पहिलो डिस्प्ले ड्राइभर इन्फर्मेसनको लागि दोस्रो इन्फोटेन्मेन्ट तथा तेस्रो डिस्प्ले फ्रन्ट प्यासेन्जरका लागि हो ।

एक्सईभी ९को अन्य क्याबिन फिचर एक्सयूभी ७०० को जस्तै रहने अनुमान गरिएको छ । महिन्द्राको यो ईभीको सिधा प्रतिस्पर्धा टाटाको ह्यारियर ईभीसँग हुनेछ ।


