रोयल इनफिल्ड क्लासिक ६५० सार्वजनिक

काठमाडौं । रोयल इनफिल्डले क्लासिक ६५० मोटरसाइकल प्रदर्शन गरेको छ । कम्पनीले इटालीको मिलानमा दुइ दिनपछि सुरू हुने इक्मा अटो शो २०२४ सुरु हुनु अगाडि नै क्लासिक ६५० मोटररसाइकल प्रदर्शन गरेको हो ।

नयाँ रोयल इनफिल्ड क्लासिक ६५० क्लासिक ३५० जस्तै रेट्रो रोडस्टर डिजाइनमा देखिएको छ। क्लासिक ६५० मा ३५० को जस्तै राउन्ड एलईडी हेडलाइट, क्रोम हेडलाइट रिङ, राउन्ड इन्डिकेटर, मिरर, फेन्डर, फोर्क कभर, र स्पाेक ह्वील पाउन सकिन्छ ।

त्यस्तै, यसमा ड्रप आकारको फ्युल ट्याङ्क रहेको छ भने इन्धन ट्याङ्कीमा सामान्य रोयल एनफिल्डको २ डी लोगो रहेको छ । डबल पिस सिट, वायर स्पोक ह्वील र पिसुटर डबल ब्यारल एग्जस्ट दिइएको छ ।

अन्य रोयल इन्फिल्ड मोटरसाइकहरू निर्माण भएकै प्लेटफर्ममा आधारित क्लासिक ६५० मा थोरै ट्वीक गरिएको ६४७.९५ सीसीको एयर/आयल कुल्ड, प्यारालल ट्वीन इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ४७.६ पीएस पावर तथा ५२.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध छ ।

कम्पनीले क्लासिक ६५० मा सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ । जसमा स्पीडोमिटर, ओडोमिटर, फ्युल गेज, नेभिगेसन, ब्लुटूथ कनेक्ट डिटेल्स र अन्य जानकारीहरू देखाउँछ ।

क्लासिक ६५० रोयल एनफिल्ड सुपर मेटियर ६५० जस्तै स्टिल ट्युब्लर फ्रेममा निर्माण भएको हो । यसमा १२० एमएमको ट्राभल ट्वीन रियर सक र ४३ एमएमको टेलिस्कोपिक फर्क दिइएको छ। ब्रेकिङ सेटअपमा अगाडि र पछाडि नै डिस्कब्रेकका साथै डुअल च्यानल एबीएस रहेको छ।


Back_to_top