काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले एकैपटक १० वटा टाटा एलपीओ १६२२/६२ बीएस ६ माग्ना बस हस्तान्तरण गरेको छ ।
कम्पनीले आज एक कार्यक्रमका बीच अत्याधुनिक सुविधासम्पन्न टाटाका बीएस माग्ना बसहरू त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरेको हो ।
बीएस ६ माग्ना बसमा कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सुविधा छ । टाटा एलपीओ १६२२/६२ बीएस ६ माग्ना बसमा अत्याधुनिक प्रविधि र बीएस मानक प्रयोग भएको छ । बीएसले विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ।
बीएस गाडीमा ओबीडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। एससीआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ।
सिप्रदी ट्रेडिङका कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले माग्ना बसले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास लिएको बताए ।
‘अत्याधुनिक बीएस इन्जिन, लक्जरी युक्त सिट र लामो दुरीका लागि विशेष रुपमा तयार पारिएका यी माग्ना गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास हामीले लिएका छौं। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देश बीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ,’ उनले भने ।
यी बस गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशबाट भारतको दिल्लीसम्म अन्तरदेशीय यात्राको लागि संचालनमा ल्याइने समितिका अध्यक्ष इन्द्र पुनले जानकारी दिए । उनले भविष्यमा गन्तव्यहरु अझै बढाउने योजना रहेको बताए ।त्रिशक्ति पशुपति दर्शन यातायात पश्चिम नेपाल बस व्यवसायी र भेरी यातायात जस्ता दुई ठूला समितिको सहकार्यमा संचालनमा आएको हो।