काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल (एनईभी) बजारमा बिवाइडीको हिस्सा एकतिहाई बढी पुगेको छ । गत महिना (अक्टोबर)मा चिनियँँ बजारमा बिक्री भएका एनईभी मध्ये बीवाइडीको हिस्सा ३५.७ प्रतिशत रहेको हो ।
गत महिना चीनमा झण्डै १४ लाख न्यू इनर्जी भेहिकल बिक्री भएको छ । जसमा बीवाइडीले मात्रै ५ लाख ५२६ युनिट बिक्री गर्न सफल भएको छ ।
चीनमा न्यू इनर्जी भेहिकल भन्नाले ब्याट्री इलेक्ट्रीक, प्लगइन हाइब्रिड तथा फ्युलसेल भेहिकललाई बुझाउँछ ।
बीवाइडीले यस वर्षको अक्टोबरमा गत वर्षको सोही महिनाको तुलनामा बिक्री ५८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो महिना सेप्टेम्बरको तुलनामा भने १४ प्रतिशतले बढेको छ ।

चिनियाँ बजारमा बिक्री हुने प्रत्येक २.८ वटा एनईभीमा बीवाइडीको १ मोडल हुने गरेको छ । अक्टोबरमा अमेरिकी कार कम्पनी टेस्ला ६८ हजार २८० युनिट सहित पाचौँ स्थानमा धकेलिएको छ । टेस्लाले प्योर ब्याट्री ईभी मात्र उत्पादन गर्ने भएकोले पनि प्लगइन हाइब्रिड गाडी उत्पादन गर्ने चिनियाँ कम्पनीहरूभन्दा पछाडि धकेलिएको हो ।
अक्टोबरमा दोस्रो धेरै एनईभी जिलीले बिक्री गरेको छ । जिली होल्डिङले १ लाख ८ हजार ७२२ वटा एनईभी बिक्री गरेको हो । तेसा्रेमा ९६ हजार १७२ युनिट सहित एसएआईसी जीएम वुलिङ र चौथो स्थानमा ८५ हजार २७२ युनिट सहित चांगान मोटर्स पर्न सफल भएको छ ।
चीनकाे अक्टोबर एनईभी बिक्री :


