काठमाडौं । किया मोटर्सले टलब्वाई डिजाइनको नयाँ सबकम्प्याक्ट एसयूभीको टिजर सार्वजनिक गरेको छ । किया ईभी ९ र कार्निभलबाट प्रेरित यो नयाँ एसयूभीले कियाको शोलको झझल्को दिएको छ ।
कियाले सार्वजनिक गरेको टिजरको आधारमा यो एसयूभीको इन्टेरियर स्पेशलाई विशेष ध्यान दिएको देखिन्छ । यसको एक्सटेरियरमा ईभी ९ को जस्तै भर्टिकल एलईडी डीआरएल, फ्ङ्गसनल रुफरेल, एल सेपको एलईडी टेलल्याम्प, बडी क्लाइडिङ आदि रहेको छ ।

कियाका अनुसार यसको इन्टेरियर लाउन्ज जस्तो हुनेछ । यसको इन्टेरियरमा इनोभेटिभ सिटिङ लेआउटसहित इनोभेटिभ सिटिङ अरेन्जमेन्ट रहनेछ । यसमा प्यानारोमिक सनरुफ, भेन्टिलेटेड र पावर फ्रन्टसिट तथा अल डिजिटल इन्टरफेस रहनेछ ।
यो एसयूभी आईस र इलेक्ट्रीक दुवै पावरट्रेन अप्सनका साथ बजारमा आउनेछ । कियाको यो नयाँ कम्प्याक्ट एसयूभीको नाम साइरस हुने सम्भावना रहेको छ । यो एसयूभीले मारुती सुजुकी ब्रेजा, किया सोनेट, हुन्डाई भेन्यू, महिन्द्रा थ्रीएक्सओ र हालै मात्र लन्च भएको स्कोडा काइल्याकसँग प्रतिस्पर्धा गर्नेछ ।

