चितवनबाट बिक्री सुरु भयो लीप मोटर्सको सी-१०

चितवन । लीप मोटर्सको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले आफ्नो पहिलो एसयूभी सी-१० चितवनमा बिक्री सुरु गरेको छ । कम्पनीले चितवनको लागि एबीएस एक्सपोर्ट इम्पोट प्रालिलाई डिलर नियुक्त गरेर सी-१० को बिक्री सुरु गरेको हो ।

युरोपियन ब्राण्ड स्टेलान्टीसको प्रबेशसँगै निकै आक्रमक बजार बिस्तारमा लागेको लीप मोटर्सको पहिलो उत्पादनको रुपमा नेपालमा बिक्री सुरु भएको सी-१० एसयूभी आकर्षक फिचर र बल्की डिजाइनको कारण छोटो समयमा सफलता पाएको मोडल हो ।

नाडा अटो शो २०२४ बाट सार्वजनिक भएको सी-१० एसयूभी तिहारपछि मात्रै ग्राहकलाई हस्तान्त्रण सुरु भएको थियो । अब उपत्यका बाहिर रहेका डिलर मार्फत यसको बिक्री सुरु भएको कम्पनीले जनाएको छ ।

‘मोर देन पावरफुल’ नारासहित सार्वजनिक भएको सी-१० मोडल निकै बलियो बडी स्ट्रक्चर भएको मोडल हो । यसले यूरो एनक्यापमा ५ स्टार रेटिङ पाएको छ ।

फिचरहरुको लामो लिष्ट उपलब्ध एसयूभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ४३५ लिटरको बुट स्पेश र २८२५ एमएम लामो ह्वील वेस दिइएको छ ।

एक्सटेरियरमा क्लोज अफ ग्रिल, एलइडी हेडलाइट, डे टाइम रनिङ लाइट, रुफरेल, पानारोमिक शनरुफ, पावर टेलगेट, रियर प्राइभेसी ग्लास, हिडन डोर ह्याण्डल दिइएको छ ।

यसको भित्र सफ्टटच मेटेरियरल प्रयोग गरेर बनाइएको ड्यासबोर्ड, चालकको हाइट अनुसार ४ तरिकाले मिलाउन मिल्ने स्टेरिङ, हिडन एसी भेन्ट, हिटेड र भेन्टिलेटेड सिट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, एम्बीयन्ट लाइट, हिटेड स्टेरिङ जस्ता प्रिमियम फिचर छन् ।

१०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले र १४.६ इन्चको सेन्ट्रल टच स्कृन दिइएको एसयूभीमा वायरलेस चार्जर, १२ स्पीकर, इन्टेलिजेन्ट ड्राइभर एसिस्ट सिस्टम दिइएको छ । यस भित्र झण्डै दुई दर्जन सेफ्टी फिचर छन् ।

लिप मोटर्सले यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ । गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।


Back_to_top