बीवाइडीको नयाँ एसयूभी ‘टाइटेनियम-३’

काठमाडौं । बीवाइडीको सब-ब्राण्ड फेङ चेङ बाओले टाइटेनियम-३ इलेक्ट्रीक एसयूभीको घोषणा गरेको छ । अलह्वील ड्राइभ सिस्टममा आउने नयाँ एसयूभीमा अप्सनल रुफ ड्रोन क्याबिन समेत पाउन सकिन्छ ।

हार्डकोर अफरोड एसयूभीको रूपमा आउने टाइटेनियम-३ सन् २०२५ को पहिलो हाफसम्ममा लन्च हुनेछ । यसको मूल्य चीनमा २७ हजार ६०० अमेरिकी डलरबाट सुरू हुने अनुमान गरिएको छ ।

गत वर्षको अगष्टमा सार्वजनिक भएको अफरोड ब्राण्ड फेङ चाङ बाओ राम्रो संख्यामा बिक्री भइरहेको छ । टाइटेनियम-३ लाई कम्पनीले आफ्नो सुपर-३ कन्सेप्टमा आधारित रहेर तयार पारेको हो । यो मोडल बाओ सिरिजको जस्तो ‘बडी अन फ्रेम’मा नभई ‘युनी बडी कन्स्ट्रक्सन’मा बन्नेछ ।

टाइटेनियम-३ मोडलको लम्बाइ ४६०५ एमएम, चौडाइ १९०० एमएम र उचाइ १७२० एमएम रहेको छ । यसको ह्वीलबेस २७४५ एमएम लामो हुनेछ । ड्रोन रुफरेल सहित यसको लम्बाई २१० एमएमले बढ्नेछ ।

कम्पनीले यसमा १८ वा १९ इन्चको ह्वील दिनेछ । यसको अप्रोच एङ्गल २५ डिग्री र डिपार्चर एङ्गल २८ डिग्री रहनेछ । अल ह्वील ड्राइभमा आउने नयाँ एसयूभीको अगाडि ११० किलोवाट र पछाडि २०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहनेछ ।

टपस्पीड २०१ किलोमिटर प्रतिघण्टा रहने फेङ चेङ बाओको टाइटेनियम-३ मोडलमा ब्लेड ब्याट्री प्याक रहने छ । ब्याट्री साइजको विषयमा भने कुनै जानकारी प्राप्त भएको छैन ।


Back_to_top