काठमाडौं । ललितपुरको सातदोबाटोस्थित मेनरोडमा अधिकांश ब्राण्डका स्कुटर एकै स्थानमा पाइने ईभी मार्ट संचालनमा आएको छ । श्री अटो इन्कर्पोरेट प्रालिले यस्तो मल्टी ब्राण्ड शोरुम संचालनमा ल्याएको हो ।
शोरुम संचालनमा ल्याएपछि जारी विज्ञप्तीमा कम्पनीका संचालक रोशनकुमार श्रेष्ठले आफुहरु राम्रो सर्भिस सेवा भएका ब्राण्डका स्कुटर एकै स्थानमा बिक्री गर्न प्रतिवद्ध रहेको बताए ।
‘अहिले बजारमा इण्डियन र चाइनिज गरी लगभग ७०/८० ब्राण्डका कारण उपभोक्ताहरु अन्योलमा परेका छन् । त्यसैले हामीले सर्भिसलाई फोकस गरेर राम्रो तथा छिटो सुविधा दिने उद्देश्यले यो शोरुम खोलेका हौं’ श्रेष्टले भने ।
शोरुम खुलेकै दिन १ युनिट डेलिभरी गर्नुका साथै अन्य ५ युनिट बुकिङ भएको कम्पनीका जनरल म्यानेजर दिपक लम्सालले जानकारी दिए ।
शोरुम खुलेको अवसरमा एक हप्ताको लागि एस-वेप्रो मोडलमा १५ हजार बराबरको स्मार्ट फोन उपहारको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

